
पशुपति यादव
धकधई । देवदह साझेदारी वन व्यवस्थापन समुहको पाचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुबेदीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख सुबेदीले वनको संरक्षण सम्बर्धनसंगै सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । वन अतिक्रमण, चोरी निकासी, रोक्न आमउपभोक्ता सचेत भएर लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘हामी कर्मचारी नरम हुनुपर्छ, तर काम गर्नमा कडा हुनुपर्छ ।’
वन अतिक्रमण परम्परागत देखि चलिआएको तारबारलाई अखालेरा पहिला दाउरा राख्छन, त्यसपछि पराल राख्छन, पछि गोठ बनाउछन, यसरी क्रमबद्ध रुपमा अतिक्रमण हुन्छ, सुबेदीको भनाई थियो । समितिको तीनवटा महत्वपूर्ण काम- वन संरक्षण, व्यवस्थापन, उपभोग, वैज्ञानिक वन व्यवस्थापनमा माफियाहरुको चलखेल रहेको रहेको कारण वैज्ञानिक वन लागु हुनुपर्छ वा यसको वैकल्पिक खोज हुनुपर्छ सुबेदीले सुझाएका थिए ।

कार्यक्रमका अध्यक्ष अकबाल खाँले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस वनको क्षेत्रफल ७ सय ६४ दशमलव २४ हेक्टर रहेको र यसको उपभोक्ता क्षेत्र देवदह नगरपालिका वडा नम्बर ९ र १०, बुटवल उप-महानगरपालिकाको वडा नम्बर १०, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिकाका सबै वडाहरु रहेका छन् ।
देवदह साझेदारी वनलाई कार्ययोजना सहित २०७३ माघ २८ गते साझेदारी वनलाई हस्तान्तरण गरिएको थियो । यस पाचौ साधारण सभाबाट देवदह साझेदारी वनमा देवदहको वडा नम्बर ११ र १२ को उपभोक्तालाई अनुमोदन सहित समावेश गराइएको अध्यक्ष खाँले जानकारी दिए ।
तिलोत्तमा वडा नम्बर १० का वडा अध्यक्ष व्यासमुनी चौधरी, देवदह वडा नम्बर १० का वडा अध्यक्ष एक बहादुर सुनार, ओमसतिया ५ नम्बरका ओमप्रकाश कुर्मी चौधरी, रेन्जर राजु भण्डारी, कार्यसमितिका पदाधिकारी, उपभोक्ता र साधारण सदस्यहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।