logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    माघी महोत्सवको अवसरमा जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान (फोटो फिचर)


    २२ पौस २०७८ , बिहिबार

    माघी महोत्सवको अवसरमा जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान (फोटो फिचर)

    भैरहवा । थारु कल्याण कारिणी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ को इकाई कार्य समितिले वडाका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ । थारु राष्ट्रिय पर्व माघ खिचडी महोत्सव-२०७८ को अवसरमा बिहिबार एक कार्यक्रमका बीच वडाका डेढ सय बढी जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल सहित सम्मान गरिएको हो ।

    थारु कल्याण कारिणी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ को इकाई कार्य समितिका अध्यक्ष रामलखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थारु कल्याण कारिणी समितिका सल्लाहकार धनराज चौधरी, विशिष्ट अतिथि स्त्री रोग विषेशज्ञ डा. मन्जली यादव, चन्द्रिका प्रसाद यादव, विजय सिंह चौधरी, गोरखनाथ यादव, रिता यादव, चन्द्रिका चौधरी, त्रिलोकी चौधरी, हरि प्रसाद थारु लगायतले बोल्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई गरिएको सम्मान पुनित कार्य भएको बताए ।

    माघी पर्व विशेषगरि थारु समुदायले मनाउने भएपनि सम्मान कार्यक्रममा सबै जाति समुदायलाई समेटेको भन्दै थारु कल्याण कारिणी सभा इकाई कार्य समितिलाई धन्यवाद व्यक्त गरेका थिए । थारु कल्याण कारिणी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ को इकाई कार्य समितिका सचिव अनिल चौधरीको संचालनमा भएको कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न मन्जित कुमार यादव, शैलेन्द्र चौधरीको विशेष सहयोग रहेको थियो ।

    त्यस्तै थारु कल्याण कारिणी ईकाई समितिको आयोजनामा शनिबार दोस्रो माघी महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको सबै तयारी भइसकेको छ । शनिबार उक्त कार्यक्रममा रुपन्देही, नवलपरासी र कपिलवस्तु लगायतका विभिन्न स्थानहरुबाट सांस्कृतिक टोलिहरुको सहभागिता हुने आयोजकले जनाएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.