logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    रोहिणीको १० औं गाउँसभाबाट विभिन्न ऐन कार्यविधि पारित


    २७ पौस २०७८ , मंगलबार

    रोहिणीको १० औं गाउँसभाबाट विभिन्न ऐन कार्यविधि पारित

    पशुपति यादव
    धकधई । जिल्लाको रोहिणी गाउँपालिकाले विभिन्न कार्यविधि ऐन पारित गर्दै दशौँ गाउँसभा सम्पन्न गरेको छ । सोमबार थर्कबहादुर रायमाझी फाउण्डेसन धकधई सभा हालमा गाउँसभाको आयोजना गरि कार्यविधि ऐन पारित्य्य गरिएको हो ।

    चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा र बजेट सिलिङ्ग गाउँ सभाले संसोधन गरेको छ भने कर्मचारी कल्याण कोष संचालन ऐन २०७८ सभाले पारित गरेको छ । सभामा पेश भएको करार कर्मचारी सामाजिक सुरक्षा कार्यविधि २०७८ रोहिणी गाउँपालिकाको कृषि तथा पशुपंक्षी ऐन २०७८ रोहिणी गाउँपालिकाको भुमि विधेयक २०७८, रोहिणी खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७८ र गाउँपालिकाको वन ऐन २०७८ पारित गरिएको छ ।

    यसैगरी गाउँपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७४ को दफा ५ र दफा ३९ मा संसोधन समेत गरिएको स्थानीय सरकार प्रमुख रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताए ।

    रोहिणी गाउँपालिकाको दशौँ गाउँ सभाले न्यायिक समितिको प्रतिवेदन सभामा पेश गरि पारित समेत गरिएको छ । त्यस्तै आर्थिक ऐनमा संसोधन गत आर्थिक वर्षको प्रगतिको समिक्षा र प्रदेश सरकारको योजना संसोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

    गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नै कार्यकालमा गाउँपालिका भवनको शिलान्यास गर्ने बताएका थिए । उनले जिल्ला समन्वय समिति रुपन्देहीबाट जग्गा प्राप्त भइसकेको र अब चाडै टेन्डरको आह्वान गरि काम अगाडी बढाइने जानकारी गराएका थिए । पाँच वर्षको अन्तरालमा गाउँपालिकाको जनमुखी विकास विस्तारमा समर्पित भई सबै जनप्रतिनिधिले हातेमालो गरि सहयोग गरेको बताउदै अध्यक्ष यादवले सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

    रोहिणी गाउँपालिकामा सुचिकृत ‘ग’ वर्गका आपांग भएका व्यक्तिहरुलाई तत्कालको लागि ५ हजार रकम दिने आगामी आर्थिक वर्षदेखि प्रति महिना निरन्तर रुपमा केहि रकम राहत वापत उपलब्ध गराउने गाउँसभाले निर्णय गरेको जनाए । गाउँसभाले पालिकाका उत्कृष्ट कर्मचारीलाई कर्मचारी पुरस्कार द्वारा नगद सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा महिला, बालबालिका, आपांग, जेष्ठ नागरिक शाखाकि जमुना शर्मा, अहेब वर्षा श्रीस र अनमी निर्मला गौड रहेका छन् ।

    यसैगरी स्तरवृद्धि भएका कर्ण कुमार क्षेत्री, बढुवा भएका सब इन्जिनियर राजकुमार मिश्रा, सहायक स्तर पाचौं तहमा बढुवा भएका लव बहादुर घर्ति, बलिराम चौधरी र रामवृक्ष ठाकुरलाई सम्मानित गरिएको थियो । कोभिडमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

    गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार, वडा नम्बर १ का वडा अध्यक्ष अबिद अलि पठान, वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष सानमति पासी, वडा नम्बर ३ का वीर बहादुर क्षेत्री, वडा नम्बर ४ का तारानाथ यादव, वडा नम्बर ५ का घनश्याम सिंह क्षेत्री, वडा नम्बर ६ का इन्द्रमान चौधरी, ७ का कार्यबाहक दुखनी थारु, वडा सदस्य अनरुद्र खरबिन्द, परशुराम गुप्ता, चिन्ताहरण थारु, आलमागिर धोवी, अनिल कुमार यादव लगायतले बोलेका थिए भने शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.