logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुटसहित ‘गोल्डेन हेल्थ प्याकेज’


    २९ पौस २०७८ , बिहिबार

    सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुटसहित ‘गोल्डेन हेल्थ प्याकेज’

     

    भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका-८ लुम्बिनीरोडस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा लि ले विशेष किसिमको गोल्डेन हेल्थ प्याकेज ल्याएको छ । आमनागरिकहरुको मागअनुसार हस्पिटलले माघ १ गतेदेखि २० गतेसम्मका लागि विशेष छुटसहित गोल्डेन हेल्थ प्याकेज ल्याएको हो ।

    उक्त गोल्डेन हेल्थ प्याकेज अन्तर्गत हस्पिटलले सिबिसि, किड्नी फन्सन टेष्ट, बल्ड सुगर, लिपीड प्रोफाइल, लिभर फन्सन टेष्ट, इसिजी, चेस्ट एक्सरे, भिडीयो एक्सरे, थाइराइड, युरीन लगायतमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सिद्धार्थनगर सिटी हस्पीटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

    त्यस्तै हस्पिटलले विरामीहरुको आकस्मिक स्थितिलाई सहज बनाउने उद्येश्यले जिल्लाको रोहिणी, ओमसतिया र सिद्धार्थनगर अन्तर्गतका ठाउँहरुका लागि घरदेखि हस्पिटलसम्मका लागि निशुल्क एम्बुलेन्स सेवा समेत सुरु गरेको उनले बताए ।

    २०६८ भदौ महिनामा १५ शैयाबाट स्वीकृति लिई सेवा शुभारम्भ गरेको सिद्धार्थनगर सिटी हस्पिटलले हाल १ सय शैयामा स्तरवृद्धि हुँदै आफ्नै भवनमा सेवा सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.