
भैरहवा । लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा सिमेन्ट उद्योगले पछिल्लो समय आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । नेपाली सिमेन्ट बजारमा स्थापित जगदम्बा सिमेन्ट उद्योगले ‘मेरो देश, मेरो जगदम्बा सिमेन्ट’ अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जगदम्बा सिमेन्ट इन्डस्ट्रिज प्रा.लि भैरहवाका महाप्रबन्धक बिदुर ढुंगानाले बताए ।
रुपन्देहीका विभिन्न सामुदायिक विद्यालयहरुमा साढे ३ लाखको दरले छात्रवृत्ति कोष स्थापना, सामाजिक अभियन्ता मार्फत गरिब, असहायलाई सहयोग, स्वास्थ्य संस्थाहरुलाई सहयोग जस्ता क्षेत्रहरुमा वर्षेनी करोडौं खर्च गरिँदै आएको उनले जानकारी दिए । ‘उद्योग स्थापनासंगै अस्पताल निर्माण गर्ने भनि गरिएको बाँचा अनुरुप भैरहवा स्थित भिम अस्पतालको इमरजेन्सी वार्ड सञ्चालन गर्न साढे सात करोड समेत सहयोग गरेका छौं’, उनले भने ।
वार्षिक ३ लाख ३० हजार मेट्रीक टन सिमेन्ट उत्पादन हुने उक्त सिमेन्ट उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५ सय बढीले रोजगार पाएको महाप्रबन्धक ढुंगानाले बताए ।