logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    साना किसान कृषि सहकारी संस्थाको ११ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न


    ३० पौस २०७८ , शुक्रबार

    साना किसान कृषि सहकारी संस्थाको ११ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

    दीपक जैसवाल
    सूर्यपुरा । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर १ बेलभरियास्थित साना किसान कृषि सहकारी संस्था गजेडिको ११ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य राष्ट्रिय सभाका खिमलाल भट्टराईले कृषि सहकारी संस्थाले किसानहरुको माग अनुसार काम गर्नुपर्ने र हरेक हिसाबले कृषि सहकारीहरु स्थानीय, प्रदेश र केन्द्रिय सरकारसंग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

    उनले देश विकास गर्न कृषि नै पहिलो प्राथमिकताको आधार रहेको र कृषिलाई जुनसुकै सरकार आएतापनि माग सम्बोधन गर्नुपर्ने र सहकारी भनेकै सहकार्य गर्ने भएकोले सेयर सदस्य र सहकारी बिच घनिष्ट सम्बन्ध हुनुपर्ने र आफु आफ्नो तर्फबाट कृषि सहकारीलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, उपाध्यक्ष गोमा तरामुले कञ्चनमा सहकारीभित्र साना किसान सहकारी संस्थाले किसानको माग अनुसार काम गरेको र मलखाद लगायत दुग्ध जन्य उत्पादन गरेर काम गरिरहेको भन्दै गाउँपालिकाले आवश्यक अनुसार सहयोग गर्ने बताएका थिए ।

    त्यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघका संचालक रामप्रसाद रेग्मी, प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्ती मगर, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका इलाका प्रबन्धक गणेश भट्टराई, वडा अध्यक्ष हरिनारायण थारु, गजेडी बकुलगाड खानेपानीका अध्यक्ष देवि प्रसाद थारु, राष्ट्रिय जनमोर्चा कञ्चनका अध्यक्ष तुल्सीराम शर्मा, समाजसेवि सालिकराम पौडेल, शेयर सदस्य हरिकला थापा, संस्थाका सल्लाहकार शिव पाैडेल, नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मन बहादुर पुन लगायतले कार्यक्रममा शुभकामना दिदै साना किसान कृषि सहकारीले किसानको माग पूरा गर्न सकेको र खेतिवाली लगाउने समयमा मलखादको उचित व्यवस्थापन गरेर राम्रो काम गरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    सोहि कार्यक्रमका बीच संस्थाले जेष्ठ सेयर सदस्य, संस्थापक सल्लाहकार, कार्यसमिति सदस्य तथा असल किसनलाई र कर्मचारी, बसन्ती चौधरी, रश्मि ज्ञवाली लगायतलाई सम्मान समेत गरिएको थियो ।

    ९ सदस्यीय नयाँ कार्यसमिति चयन :

    सोहि कार्यक्रमका बीच ओम प्रकाश शर्माको नेतृत्व ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा कोपिला घिमिरे, सन्तोषी पाण्डे, हरिकला थापा, मान कुमारी श्रीस, द्रोपती चौधरी, बन्दना भण्डारी, बिमला यादव, लेखा समिति संयोजक सरला ढकाल, मन्जु अर्याल पौडेल र रुमा पौडेल चयन भएका हुन्।

    संस्थाकी प्रबन्धक बसन्ती थारुको संचालनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको अध्यक्ष तथा निवर्तमान अध्यक्ष कोपिला घिमिरेले साना किसान सहकारी संस्था सफल हुनुमा संस्थाका कर्मचारी, बाहिर फिल्डमा सेयर सदस्य, जनप्रतिनिधि, सञ्चारक्रमी र स्थानीय बुद्धिजीवी, राजनीतिक दल आदिको सहयोगले सफल भएको बताउदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.