logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बाल गृहमा बौद्ध ल्याण्डको पहिलो वार्षिकोत्सव


    १६ माघ २०७८ , आइतबार

    बाल गृहमा बौद्ध ल्याण्डको पहिलो वार्षिकोत्सव

    भैरहवा, १६ माघ । सामाजिक काममा सक्रिय रहेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डले नि:सहाय बालबालिकाहरुसँग खुशी साटासाट गरी वार्षिकोत्सव मनाएको छ । आइतबार क्लबले लुम्बिनी रोडस्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकाहरुसँग खुशीसाटासाट गरी पहिलो वार्षिकोत्सव मनाएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रोटरी ३२९२ नेपाल-भुटान जोन २५ वर्ष २०२१/२२ का एसिसटेन्ट गभर्नर कृष्ण पाण्डेले हरेक प्राकृतिक स्रोतमा सबैको पहुँच हुनुपर्ने नियम हुँदाहुँदै पनि विभिन्न कारणबस यी कुराहरुबाट बञ्चित रहेका नि:सहाय बालबालिकाहरुसँग खुशी साटासाट गरी क्लबको वार्षिकोत्सव मनाउनु सराहनीय रहेको बताउनुभयो ।त्यस्तै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष तथा बौद्ध ल्याण्डका बोर्ड एडभाईजर विमल सेन्चुरीले कोभिडको विषम परिस्थितिमा पनि क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको भन्दै क्लबको प्रशंसा गर्नुभएको थियो । उहाँले युवाद्वारा नै समाजमा नयाँ परिवर्तन सम्भव रहेको बताउँदै सामाजिक कार्यहरुलाई अझैं निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका वर्ष २०२१/२२ को निवर्तमान अध्यक्ष तथा बौद्ध ल्याण्डका क्लब एड्भाइजर हिरा बहादुर शाहले आफुहरुले जन्माएको क्लब सामाजिक कार्यमा सक्रिय रहेको देख्दा निकै खुशी लागेको बताउनुभयो । क्लबको उद्देश्य पूरा गर्न क्लबले गरेको टीमवर्कको प्रशंसा गर्दै उहाँले अबको अगामी दिनहरुमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै सिद्धार्थ बालगृहका सञ्चालिका कृष्णमाया गुरुङले क्लबले बालगृहका बालबालिकाहरुप्रति गरेको माया र सद्भावले आफु निकै हर्षित भएको बताउनुभयो । उहाँले बाल गृहका लागि आवासको ठुलो समस्या रहेको बताउँदै आफुले कहिँकतै बेला बेलामा बालगृहको आफ्नै दुई तल्ले भवन निर्माण हुने भन्ने सुनेको तर वास्तविकता बारे आफु बेजानकार रहेको बताउनुभयो । ‘सिद्धार्थ बालगृहलाई आर्थिक अभाव छँदैछ, त्योसँगै हाम्रो पक्षमा बोलिदिने अवाजको झनै खाँचो छ,’ सञ्चालिका गुरुङले भन्नुभयो ।

    क्लबका अध्यक्ष दिक्षा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अस्मित लामगादे, आगामी कार्यकालका मनोनित अध्यक्ष दिपेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । अध्यक्ष सुनारको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन कम्युनिटी सर्भिस चियर तथा आगामी कार्यकालकि मनोनित सचिव निकिता सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.