वृद्धहरुका लागि राज्यले उचित सहयोग गर्नुपर्दछ
भैरहवा, १५ माघ । प्रेस सेन्टर नेपाल रुपन्देहीले आफ्नो स्थापना दिवश सत्यसाई वृद्धा सेवा आश्रम भैरहवामा पुगेर मनाएको छ । स्थापना दिवश मनाउनका लागि सेन्टरको टोलि आश्रममा आवश्यक खाध्यान्न लिएर पुगेको हो ।

सेन्टरको टोलिले आश्रममा सहयोग गर्नुका साथै बृद्ध वुवाआमा संग संगै बसेर उनिहरुको समस्याहरुका विषयमा छलफल समेत गरेको थियो । वृद्धाहरुले छलफलका क्रममा स्वास्थ्य उपचार देखि सरकारको तर्फवाट उचित सहयोग नभएको गुनासो गरेका सेन्टरको रुपन्देही जिल्ला समितीले जनाएको छ ।
मानिसहरु वृद्ध भईसकेपछि परिवारवाट अपहेलित हुनुपर्ने भन्दै वृद्धाहरुले सरकारले वृद्धा अवस्थामा पुगेका मानिसका लागि उचित प्रकारको सहयोग गर्नुपर्ने माग समेत वृद्धहरुले राखेका थिए ।
कार्यक्रममा वृद्धाश्रमका स्वमसेवक कर्मचारी, वृद्धवृद्धाहरु र सेन्टरको टोलि रहेको थियो ।