logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनीखबरका सम्पादक रायमाझीलाई मातृशोक


    २ फाल्गुन २०७८ , सोमबार

    लुम्बिनीखबरका सम्पादक रायमाझीलाई मातृशोक

    भैरहवा । विगत ११ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित हुने लुम्बिनीखबर पत्रिकाका सम्पादक पत्रकार कमल रायमाझीलाई मातृशोक परेको छ ।

    ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुर निवासी पत्रकार रायमाझीका माता रुपकला रायमाझीको हिजो फागुन १ गते आइतबारका दिन ७६ वर्षको उमेरमा निधन भएको हो ।

    लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका रायमाझी प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष हुन् । पत्रकार रायमाझी रासस, लुम्बिनीखबर, समता टेलिभिजन, सागरमाथा टेलिभिजन लगायत मिडियामा आबद्ध छन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सह-सचिव तथा लुम्बिनी प्रेस क्लबका महासचिव समेत रहेका पत्रकार रायमाझीलाई परेको मातृशोकमा प्रेस सेन्टर नेपाल रुपन्देही शाखा, नेपाल पत्रकार महासंघ रुपन्देही लगायतका संघ-संस्थाहरुले शोक वक्तव्य जारी गरेर दु:ख व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.