logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    एमसीसीको विरोधमा देवदहमा विरोध प्रदर्शन


    ८ फाल्गुन २०७८ , आइतबार

    एमसीसीको विरोधमा देवदहमा विरोध प्रदर्शन

    देवदह, ८ फागुन । अमेरिकी सहयोग नियोग एमसीसी सदनमा टेबल भएको विरोधमा सत्तारुढ दल नेकपा माओवादी निकट युवा तथा विद्यार्थीहरूले विरोध जनाएका छन् । रुपन्देहीको देवदहमा राँके जुलुस गर्दै वाइसीएल नेपाल र अखिल क्रान्तिकारीले मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् ।

    देवदहको मिलनचोकबाट सुरूभएर खैरेनीचोकमा पुगी कोणसभामा परिणत भएको उक्त विरोध कार्यक्रममा बोल्दै वाइसिएलका युवा नेता रोहित वाग्लेले जनयुद्ध र जनआन्दोलन देश बिक्री गर्नका लागि नगरिएको बताएका थिए । राष्ट्रिय स्वाधीनताको लागि अन्तिम साससम्म वाइसीएल लगायतका युवा विद्यार्थीहरू लड्ने उद्घोष गर्दै वाग्लेले मागेर देश विकास गर्ने दिवासपनाबाट व्युँझिन नेताहरूलाई आग्रह गरे ।

    त्यसैगरी सोही कार्यक्रममा बोल्दै वाइसीएल नेता प्रेम थापाले स्वाधीनताको लडाइँ गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सचेत युवा पिँढिलाई स्वाधीनताको लडाइँमा ऎक्यबद्द हुन अपिल गरे ।

    प्रदर्शनमा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको साथमा युवा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.