logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    एमसीसीको विरोधमा भोलि नेपाल बन्द


    १५ फाल्गुन २०७८ , आइतबार

    एमसीसीको विरोधमा भोलि नेपाल बन्द

     

    भैरहवा, १५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।

    आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को विरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

    आईतबार कम्युनिष्ट पार्टी र २ मोर्चाको बैठकले साँझ एमसिसीको विरोधमा आज मशाल जुलुस र सोमबार नेपाल बन्दको कार्यक्रमको घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतका पार्टीहरुले एमसिसी हिरोधमा काठमाडौं लगायत देशभर संघर्ष गर्दै आइरहेका छन् ।

    विज्ञप्ति

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.