logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ओमसतियामा मनोसामाजिक परामर्श सम्बन्धि कार्यक्रम सम्पन्न


    २४ फाल्गुन २०७८ , मंगलबार

    ओमसतियामा मनोसामाजिक परामर्श सम्बन्धि कार्यक्रम सम्पन्न

    भैरहवा । रुपन्देहिको ओमसतिया गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरोकारवालाहरुसँग उत्प्रेणा र मनोसामाजिक परामर्शमा ध्यान र उत्सव कार्यक्रम गरिएको छ । सोमबार ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा ओमसतिया गाउँपालिकाको आयोजनामा मनोसामाजिक कार्यक्रम गरिएको हो ।

    गाउँपालिका भित्रका ६ वटै वडाका जनप्रतिनिधि तथा महिला सदस्य, महिला कर्मचारी सहित सरोकारवालाहरुको उपस्थिति रहेको सो कार्यक्रम ओमसतिया गाउँपालिकाकी कार्यपालिका सदस्य गंगा सुनारको अध्यक्षतामा सम्पन्न भएको हो । ओशोधारा ध्यान केन्द्र मंगलापुरका संस्थापक अध्यक्ष आचार्य अरुण मानन्धरले ध्यान र योग गराउँदै सहजीकरण गर्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै वडा नं ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवले महिला दिवसका बेला मात्र नभएर अरु बेला पनि महिलामा हुने श्रम शोषण सबै मिलेर निर्मुल पार्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै सो कार्यक्रममा ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, शिक्षा शाखा प्रमुख हरि प्रसाद पोख्रेल, प्रशासन प्रमुख रुपा थापा, स्वास्थ्य शाखाकी विन्दु गैरे, लक्ष्मी आचार्य, जनजागृती मा. वि. कि प्राचार्य रमा अर्याल लगायतले महिलाले कुनै पनि किसिमको श्रम शोषण नसहने र सबै मिलेर अन्त गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
    त्यस्तै कार्यक्रममा बोल्दै ओशोका संस्थापक अध्यक्ष अरुण मानन्धरले हरेक कुरामा आवश्यकता भन्दा बढी चाहाना राख्यो भने दुख हुने बताउनु भएको थियो । उहाँले ध्यान र विपसना गरेर मनलाई शान्त पार्न सकिने बताउनुभयो ।

    कार्यक्रम कार्यपालिका सदस्य गंगा सुनारको अध्यक्षता, वडा नं ३ का अध्यक्ष चन्नर प्रसाद यादवको प्रमुख आतिथ्यता, महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेको स्वागत र प्रशासनकि सरिता पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ८० जनाको सहभागिता रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले बताउनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.