logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सम्मरीमाईमा नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ


    १० जेष्ठ २०७९ , मंगलबार

    सम्मरीमाईमा नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

    असलम खान
    मर्चवार । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

    नवनिर्वाचित सम्मरिमाईका अध्यक्ष बिनोद श्रीवास्तवलाई रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यसपश्चात अध्यक्ष श्रीवास्तवले उपाध्यक्ष कुमारी प्रियंका साही सिंह, वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

    बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सम्मरिमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा शिवकुमार यादव, २ अजय कुमार गुप्ता, ३ मा अहमद अली देवान, ४ मा दिवाकर प्रसाद दुबे, ५ मा श्रवण कुमार यादव, ६ मा तौलन केवट र ७ मा राधेश्याम कुर्मी विजयी भएका छन् ।

    सम्मरिमाईका प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीको संचालनमा भएको कार्यक्रममा समाजसेवी सहाबुद्दीन देवान, निर्वाचन अधिकृत पिताम्बर भण्डारी, शिक्षक, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायतले मनतब्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.