logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    इन्गेजमेन्टै बेहुलीले बेहुलासँग फेसबुकको पासवर्ड मागेपछि…..


    १७ जेष्ठ २०७९ , मंगलबार

    इन्गेजमेन्टै बेहुलीले बेहुलासँग फेसबुकको पासवर्ड मागेपछि…..

    एजेन्सी ।सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने कस्तो होला ।


    आजकल सोसल मिडियामा यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । उक्त भिडियो इन्गेजमेन्टका बेलाको हो । त्यसमा हुनेवाला बेहुलीले आफ्नो हुनेवाला बेहुलासँग उसको फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेको देखिन्छ ।
    हुनेवाला पत्नीले आफ्नो सोसल मिडियाको पासवर्ड माग्दा ती युवकले जे जवाफ दिए त्यसले सबैलाई तिनछक पारिदियो ।
    हुनेवाला बेहुलीले बेहुलासँग फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेपछि बेहुलाले पनि एउटा बाचा गर्न भने । त्यस्तो बाचा हुनेवाला बेहुलीले पनि पूरा गरेर हुनेवाला बेहुलाको मन जितिन् ।
    भिडियोमा निक्कै सजिएको स्टेजमा एक महिलाले इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ । त्यसक्रममा सञ्चालिकाले हुनेवाला पति र पत्नीलाई अनौठा खालका बाचा गर्न अह्राउँछिन् ।
    सबैभन्दा पहिले महिलाले बेहुलीको तर्फबाट कुरा गर्दै आजैदेखि आफ्नो फेसबुक र इन्स्टाग्रामको पासवर्ड बेहुलीलाई दिने कुराको बाचा गर्न बेहुलालाई अह्राउँछिन् । त्यसको जवाफमा बेहुलाले पासवर्ड मात्र नभई मोबाइल नै पत्नीलाई दिने बताउँछन् ।
    त्यसपछि पत्नीको पालो आउँछ । उनले पनि आफ्नो हुनेवाला पतिलाई कहिल्यै पनि शंका नगर्ने बाचा गर्दछिन् । हुनेवाला पति पत्नीको यस्तो बाचा सुनेसँगै उपस्थित पाहुनाहरूले ताली बजाउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.