logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    महिला हिंसा र महँगी विरुद्ध कदम चाल्न ज्ञापनपत्र


    २२ जेष्ठ २०७९ , आइतबार

    महिला हिंसा र महँगी विरुद्ध कदम चाल्न ज्ञापनपत्र

    कपिलवस्तु । एमाले निकटको अखिल नेपाल महिला संघ कपिलवस्तुले महिलामाथि हुने घरेलु हिंसा रोक्न प्रभावकारी कदम चाल्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनजीवन चल्नै नसक्ने गरी महँगीको मारमा परेको भन्दै अविलम्ब मूल्य घटाउन माग गरिएको छ ।


    संघद्वारा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा हाल महिला अधिकार हनन् जारी रहेको, महिला विरुद्धको घरेलु हिंसा बढ्दै गएको, शैक्षिक क्षेत्रमा र अन्य कार्यक्षेत्रमा भएका श्रृंखलावद्ध यौन अपराध, बलात्कार र हत्या जस्ता गम्भिर प्रकृतिका घट्नाहरु प्रति अनेमसंघ मर्माहत भएको उल्लेख छ ।
    अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शारदा शर्माको अगुवाईमा नेकपा एमाले जिल्ला उपसचिव सुशिला दर्लामी, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष चेतना अधिकारी, संघकी जिल्ला सचिव धनु अधिकारी लगायतले ज्ञापन पत्र बुझाउनु भएको हो ।
    गठबन्धन सरकारले जनतालाई ढाड सेक्ने गरी ल्याएको महंगी, मूल्यवृद्धि, कालो बजारी अनियमितता, बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । पीडीतलाई क्षतिपुर्ति सहित सुरक्षित जीवनयापनको व्यवस्था गर्न भनिएको छ । अनेमसंघका नेताहरुले बुझाएको ज्ञापन पत्र बुझदै आफ्ना ठाउँबाट गर्न सकिने पहल गर्ने र अरु विषय सरकारको ध्यानाकर्षणका लागि पठाइदिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.