logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    निर्वाचन नै जनमत (सम्पादकीय)


    २३ जेष्ठ २०७९ , सोमबार

    निर्वाचन नै जनमत (सम्पादकीय)

    संसारभरका प्रजातान्त्रिक मुलुकमा अध्यावधिक निर्वाचनलाई सरकारको नेतृत्व गर्ने मुख्य मार्गको रुपमा लिने गरिन्छ । जनमतको उच्चतम प्रयोग गर्दै सरकारको नेतृत्वमा दल तथा राजनीतिक पार्टी नेतृत्वमा पुग्ने गरेको हुन्छ । नेपालमा हालको राजनीतिक प्रणाली पनि यसै प्रकारको हो । जहाँ जनताको मत द्धारा निर्वाचित हुने सांसदहरुको बहुमत दलको नेताले सरकारको पनि नेतृत्व गर्दछ । नेपालमा विभिन्न कालखण्डमा धेरै प्रकारका आन्दोलन तथा लडाईहरु भए त्यसैको जगमा टेकेर यहाँ कानुन र नीति निर्माण बनाउने गरिएको छ । नेपालको संविधान २०७२ पनि यसैको आधारमा निर्माण भएको एक दस्तावेज हो । जसको आधारमा नेपालको राजनीतिक पद्धती अगाडी बढिरहेको छ । देशलाई त्यही दस्तावेजमा लिपिबद्ध भएका शब्दहरुको अर्थमा राजनीतिक दल तथा आम नागरिक अगाडी बढ्नु पर्दछ । नेपालको संविधानले नेपाली जनतालाई अधिकारमा सब्रश्रेष्ठ बनाएको छ । जनताको चाहाना र जनमत नै देशको मुख्य राजनीतिक नेतृत्व निर्माण हुने भएकाले जनविवेकको प्रयोग सहिरुपमा गर्न सके देशले गुणात्मकरुपमा विकासको पाइलाहरु चाल्ने देखिन्छ । यसका लागि हुने स्थानीय, प्रदेश र संघिय निर्वाचनमा सहि उम्मेदवारको चयन नै हो । कुनै पनि देशमा हुने राजनीतिक, आर्थिक,समाजिक र मानविय विकास राजनीतिक दलको नेतृत्वले मात्र गर्न सक्ने भएकाले सहि नेतृत्व चयन गर्ने काम पनि जनताले नै गर्नु पर्दछ । आफुले सहि नेतृत्व चयन गर्न नसक्ने हो, भने देशको विकासमा समेत प्रत्यक्ष परेको हुन्छ । जनताले यसका लागि केहि मतपत्रमा जाहेर गरेको देखिए पनि अधिकत्तम प्रयोग भने हुन सकेको छैन । जनमनमा पनि राजनीति भावना प्रेरित हुदाँ गलत मानिसहरु राजनीतिक पहुचमा पुगेका छन् । व्यक्तिहरु भन्दा पार्टीलाई भन्दा सहि मान्छेहरु पाखा र गलत मान्छेहरु जनप्रतिनिधि बनेको देखिन्छ । स्थानीय निर्वाचन २०७९ ले भने पार्टी भन्दा राम्रा मान्छेलाई रुचाएको देखिन्छ । जसको उदारणका लागि काठमान्डौंको महानगर प्रमुख, धरानका नगर प्रमुख, धनगढी र जनकपुरका प्रमुख हरुलाई लिन सकिन्छ । जसले राजनीतिक दलको चाहाना विपरित उम्मेदवारी दिएर जनमत द्धारा अनुमोदित भएका छन् । रुपन्देहीमा पनि यस निर्वाचनले राजनीतिक दलले चाहेको परिणाम भन्दा फरक रिजल्ट दिएको छ । जिल्लामा १६ स्थानीय तहमा २०७४ सालमा निर्वाचित मध्य ११ पालिका प्रमुखहरु पनि २०७९ को निर्वाचनमा पुन प्रमुखको उम्मेदवारी दिएका थिए । जस मध्य १० जनालाई जनताले पराजित बनाईदिए । यसले पनि जनताको अभिमतको कदर भएको देखिन्छ । जसले जनचाहाना अनुरुप काम गर्दछ । त्यसलाई अनुमोदन र जनताको चाहाना विपरित काम गर्नेलाई तिरस्कार गरिएको छ । यसैले प्रजातान्त्रिक मुलुकमा जनताको अभिमतको उच्चतम प्रयोग हुने भएकाले जनचाहाना अनुरुप काम गर्नु आजको आवश्यकता हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.