
पशुपति यादव
धकधई । धकधई समुदायिक समाज सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्रले एक कार्यक्रमका बीच आफ्ना कार्यक्षेत्र अन्र्तगतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र वडा नम्बर ७ का वडा अध्यक्षलाई धकधई समुदायिक समाज सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्रले फूलमाला र खादा लगाई सम्मान गरेको हो ।
त्यसैगरी सामुदायिक कार्यक्षेत्र अन्र्तगत देवदह वडा नम्बर ११ र १२ का वडा अध्यक्षलाई सम्मान गरेको छ । साथै ओमसतिया वडा नं. ५ र ६ का वडा अध्यक्षलाई सम्मान गरिएको सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादवले बताएका छन् ।
स्वागत तथा सम्मान कार्यक्रमका रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि यादवले समुदायिक सेवा केन्द्रको भुमिका साना-तिना झै-झगडालाई भेदभाव रहित वातावरणमा दुवै पक्षलाई मिलाउने कार्य गर्दै आएको बताए । उक्त सम्मान कार्यक्रममा बोल्दै यादवले धकधई सामुदायिक समाज सेवा केन्द्रलाई व्यवस्थित बनाउनका लागि सबै जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, समाजिक अभियन्ता सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
विशिष्ट अतिथि रोहिणी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक समेत रहेका शिवकान्ति हरिजनले न्यायिक समितिमा आएका मुद्दामा दुवै पक्षलाई छलफल गरी चित्त बुझ्ने गरी मेलमिलाप गरेको बताइन् । त्यस्तै वडा नं. ३ का वडाध्यक्ष विर बहादुर क्षेत्रीले विगतमा पनि जनताको सेवक भएर काम गरेको बताउँदै अझैं पनि सेवककै रुपमा आफु जनताको सेवामा निरन्तर लागेको बताए । विभिन्न सामाजिक संघसंस्थाहरुलाई अगाडि बढाउनमा आफू विगत लामो समयदेखि ठुलो भूमिका खेल्दै आएको उनले बताए ।

धकधई ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद बेलबासेले धकधई सामुदायिक समाज सेवा केन्द्रको भूमिका न्यायिक क्षेत्रमा सराहनीय रहेको बताए । अहिलेको बद्लिदो परिवेशमा प्रहरीको मुस्कान सहितको सेवा प्रभावकारी रहेको बताउँदै समाज रुपान्तरणकै निम्ति अपराधिक क्रियाकलाप, लागुदुव्र्यवसनी जस्ता क्रियाकलाप गर्नेहरुलाई कानुनले छुट नदिने र यस्ता गतिविधिलाई निर्मुल पार्नका लागि जनप्रतिनिधि, समाजसेवी, सामाजिक अभियन्ता समेतको सक्रिय भुमिका अपरिहार्य रहेको बताए ।
धकधई सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादवको अध्यक्षता, सचिव पञ्जावी यादवको स्वागत तथा उपसचिव पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
