logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    उत्पादनमा सहकारी


    २७ जेष्ठ २०७९ , शुक्रबार

    उत्पादनमा सहकारी

    पशुपति यादव
    धकधई । रुपन्देहीमा सञ्चालनमा रहेका सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेको देखिन्छ । सहकारीको लगानीबाट हजारौं युवाहरु स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ ।

    जिल्लामा सबैभन्दा धैरै लगानी सहकारीहरुले कृषि क्षेत्रमा गरेको देखिन्छ । कृषि बाहेक कृषिजन्य उद्योगहरू, कुखुरा फर्म, गाईभैसी फर्म, माछा फर्म, तरकारी खेती, किराना पसलमा सहकारीहरुले लगानी गरेको सहकारीहरुको वार्षिक लेखा परिक्षणले देखाउँछ । सहकारीहरुले साना तथा मझौला उद्योगहरुमा समेत लगानी गरेका छन् । विशेष गरेर युवा वर्गलाई लक्षित गरी गरिएका लगानीहरुले उत्पादनमुलक क्षेत्रमा राम्रो प्रभाव पारेको अर्थविद्हरु बताउँछन् ।

    जिल्लामा अनुमानित १५ अर्बभन्दा धेरै लगानी सहकारीहलुले गरेका छन् । लगानीको धेरै रकम युवा वर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीहरुको आँकाडाले बताउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसहरुको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका वडा नं. ५ का कुखुरा फर्म सञ्चालक जयप्रकाश यादवले बताए ।

    समाजमा आर्थिक रुपान्तरणका लागि सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरु लगायतमा सहज रुपमा लगानी गरेको जनउत्थान बचत तथा ॠण सहकारी संस्था लि. का व्यवस्थापक रन बहादुर थापाले जानकारी दिए । उनले बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको भन्दै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई अनुरोध गरे । जिल्लामा उत्कृष्ट काम गर्ने दर्जा दर्ज भएको जनउत्थान सहकारीले शिक्षा, कृषि, स्वास्थ्य र साना उद्योगीहरुलाई सहयोग पुराउदै आएको छ । यो सहकारीले विभिन्न संघ संस्था संगको सहकार्यमा सामाजिक क्षेत्रमा उत्प्रेणा जगाउने प्रकारका कोषपनि खडा गरेको सहकारीका सचिव सरु रानाले जानकारी दिइन् ।

    “गाउँगाउँमा सहकारी, घरघरमा भकारी” भन्ने मुख्य अभियानका साथ अगाडि बढेको सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पुर्याएको आफन्त बचत तथा ऋण सहकारी संस्था लि. धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले जानकारी दिए । नेपालमा सजिलो तरिकाले ॠण प्रवाह र बचत गरिदिने संस्था समेत सहकारी रहेकोले मानिसहरुको बढ्दो विश्वास रहेको व्यवस्थापक भट्टराई बताउँछन् ।

    नेपालका सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायीमुलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नारायण सिग्देलले बताए । दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमुलक क्षेत्रमा लगानी गरिरहेका सहकारीहरुले नेपालको अर्थतन्त्रलाई टेवा दिइरहेको अध्यक्ष सिग्देलले बताए ।

    सहकारीहरु अहिले स्थानीय पालिकाहरुको मतहतमा रहेकाले सरकारको सहकार्यमा काम गरिरहेको लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.