
भैरहवा । असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवसमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । देशमा स्थानीय सरकार आएदेखि हरेक वर्ष असार पन्ध्र गतेका दिन मनाउँदै आइएको धान दिवस कार्यक्रमलाई यो वर्ष निरन्तरता दिँदै मनाइएको हो ।
ओमसतिया-४ बसन्तपुरमा आयोजित उक्त धान दिवस कार्यक्रममा किसान, जनप्रतिनिधि र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । मानो रोपेर मुरी फलाउने दिन अर्थात् धान दिवसमा कैद भएका केही थान तस्बिरहरु हेर्नुहोस् :







