
भैरहवा । भैरहवास्थित रुपन्देही क्याम्पसमा एक दिने छाला रोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । सि.न.पा.-९ मा अवस्थित उक्त क्याम्पसमा शनिबार असार १८ गतेका दिन शिविर सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
रुपन्देही क्याम्पस हेल्थ डेस्क प्रमुख डा. नम्रता चौधरी तथा को संयोजकत्व एवं वि.वि.एस/वि.एड चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा हुने उक्त शिविरमा छाला रोग विशेषज्ञ डा. सभ्यता गुरुङ्गद्धारा परीक्षण गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श दिइने हेल्थ डेस्क प्रमुख चौधरीले बताउनुभयो ।
शनिबार विहान ७ बजे देखि ११ बजेसम्म सञ्चालन हुने शिविरमा छाला सम्बन्धी हरेक रोगको निःशुल्क परीक्षण तथा आवश्यक परामर्श समेत दिइने क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्य प्रति क्याम्पस सधैं सचेत रहेको बताउनुभयो । ‘विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी क्याम्पस हाताभित्र हेल्थ डेस्क सञ्चालन गरिएको छ, त्यस्तै विभिन्न स्वास्थ्य संघसंस्थाहरुसँग सम्झौता गरी उपचारमा छुटको समेत व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो ।
क्याम्पसका विद्यार्थी, शिक्षक, अभिभावक तथा क्याम्पस वरपरका जनसमुदायका लागि हुने उक्त शिविरमा सहभागी भई लाभ उठाउन सबैलाई अपिल गरिएको क्याम्पसका प्रध्यापक विशाल बस्नेतले जानकारी दिनुभयो ।