logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लायन्स ग्रीन सिटीको अध्यक्षमा रायमाझी


    १६ असार २०७९ , बिहिबार

    लायन्स ग्रीन सिटीको अध्यक्षमा रायमाझी

    सावित्री घिमिरे
    भैरहवा । लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट श्री रायमाझी वर्ष ०२२/०२३ को अध्यक्षमा निर्वाचित भएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थित रहेको द ग्रयाण्ड किचन रेष्टुरेण्टमा भएको लायन्स सभाले मंगलबार रायमाझीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    क्लवको वर्ष ०२२/०२३ का लागि प्रथम उपाध्यक्ष मनोज क्षेत्री द्धितीय उपाध्यक्ष भीम बहादुर थापा तृतीय उपाध्यक्ष थानेश्वर पाण्डे, सचिव विना पौडल, सहसचिव हेमन्तराज जोशी, कोषाध्यक्ष संगीता जि.सी र सहकोषाध्यक्षमा अमृता गुरुङलाई निर्वाचित गरेको क्लवका संस्थापक अध्यक्ष तथा निर्वाचन आयुक्त शिवनाथ गुप्ताले जानकारी दिए ।

    क्लवको आगामी वर्ष ०२२/०२३ का लागि टेमर विजय यादव, क्लबका मार्केटिङ्ग कम्यूनिकेसन चेयरपर्सन रुकमणी कारन्जित , टेल ट्वीस्टर हुम बहादुर थापा, क्लब मेम्बरचिफ चेयर पर्सन अनुप वर्मा, क्लव एल.सी आइ.एफ कोडिनेटर लक्ष्मी थापा, क्लव सर्भिस चेयर पर्सन लाल बहादुर थापा, क्लव एडमिनिस्ट्रेसन इरफान वारिष, अडिट चेयर पर्सन विशाल बस्नेत, स्पोर्ट चेयर पर्सन विनम्र थापा, फण्ड राइजिङ चेयर पर्सन टेक नारायण ढकाल, आइटी चेयर पर्सन अर्मित खनाल, भिजन चेयर पर्सन केदारनाथ बरई, हंगर चेयर पर्सन धिरज अग्रहरी, डाइरेक्टर इनभाइरोमेण्ट कमल रायमाझी, डाइरेक्टर यसथ दिनेश ठाकुर, डाइरेक्टर हेल्थ नविन रायमाझी, डाइरेक्टर डाइविटिज नरेश केसी, पब्लिक रिलेशन अफिसर गोकुल पोखरेल, ट्रेनिङ अफ कोडिनेटर कपिल चापागाई, डाइरेक्टर शोभा गुरुङ, डाइरेक्टर कोपिला खत्री, डाइरेक्टर संजय गुप्ता, डाइरेक्टर दिपक पन्थी निर्वाचित भएको क्लवका वर्ष ०२१/०२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।

    क्लवका अध्यक्ष रायमाझीले प्रसिडेन्ट ल एडभाइजरमा जगत रायमाझी र त्रिभुवन दत्त मिश्रलाई समेत मनोनयन गरेका छन् । सामाजिक क्षेत्रमा राम्रो सेवा गरिरहेको लायन्स क्लव अफ भैरहवा ग्रिन सिटी राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित लायन्स क्लव हो । यो क्लवका विगतका अध्यक्षहरु गुप्ता र गिरीले जस्तै उत्कृष्ट काम गर्ने नवनिर्वाचित अध्यक्ष रायमाझीले बताएका छन् ।

    लामो समय शिक्षण पेशामा अवद्ध रहेका नवनिर्वाचित रायमाझी भैरहवा बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुका साथै काशी नोवेल एकेडेमीमा कार्यरत छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.