logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो


    २७ असार २०७९ , सोमबार

    लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

    कमल रायमाझी
    भैरहवा, २७ असार (रासस) । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा बृद्धी भएको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य मात्रामा आईरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

    बुद्ध पुर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसंगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दो रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । भारतीय पर्यटकहरुको अफ सिजन मानिने यो समय मोदी भ्रमण संगै अत्याधिक बढेको कोषले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बनीमा आएको कोषको सुचना शाखाले जनाएको छ । यो विगत बर्ष भन्दा राम्रो सख्या हो । लुम्बिनी विकास कोषमा आन्तरिक पर्यटकको सख्यामा समेत बृद्धि भएका छ ।

    पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिड ः १९ को त्रासका कारण पर्यटक आगमन कमी आएको लुम्बिनीमा भारतीय प्रधानमन्त्री आगमन संगै भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटकमा समेत उत्साजनक आगमन भएको लुम्बिनी होटल एसोशियसनले जनाएको छ ।

    मोदी भ्रमणको व्यापक प्रचार, प्रसारका कारण संसारभरबाट पर्यटकहरु लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एसोशियनका अध्यक्ष गोबिन्द ज्ञवाली बताउनु हुन्छ । अध्यक्ष ज्ञवालीका अनुसार— लुम्बिनी आउने पर्यटका लागि सरकारले पनि विशेस सुविधा र सहयोग गर्नुपर्दछ ।

    लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटकहरु आउने गर्दछन् । धार्मिक र आध्यामिक पर्यटकहरु बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यता संग रमाउन आउने गरेको देखिन्छ ।

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकहरुले पर्यटन व्यवसायीहरुलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले बताउँनु हुन्छ ।

    करिव तीन बर्ष कोभिडका कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमनले रमाईलो बनाएको छ । पर्यटक आगमनमा बृद्धि भएसंगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्रपनि चलायमान देखिन्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.