logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जागिरबाट निकालिए कमेडी हबका कलाकार शिक्षक दीपेन्द्र प्रसाईं


    २७ असार २०७९ , सोमबार

    जागिरबाट निकालिए कमेडी हबका कलाकार शिक्षक दीपेन्द्र प्रसाईं

    काठमाडौँ । टेलिभिजन शो ‘कमेडी हब’ मा अभिनय गरेका एक कलाकारलाई काठमाडौँको एक कलेजले जागिरबाट निकालेको दाबी गरिएको छ । कलाकारसमेत रहेका शिक्षक दीपेन्द्र प्रसाईंलाई सुकेधारास्थित बागमती कलेजले जागिरबाट हटाइएको हो । उनले विगत पाँच वर्षदेखि उक्त कलेजमा अध्यापन गराउँदै आएका थिए ।

    एक सञ्चारमाध्यममा ‘‘कमेडी हब’ मा गरेको कमेडीले कलेजबाट निकालिएँ’ भन्ने शीर्षकको लेखमा प्रसाईंले आफू अन्यायमा परिसकेपछि ब्याक हुने कुरा नभएको पनि बताएका छन् । प्रसाईंले शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर निकालेको भन्दै आफूलाई निष्कासन गरिएको दाबी गरे ।

    उनले यसबारे भने, ‘मैले देशका नीजि कलेज र स्कुलको समग्र अवस्थालाई देखाएको हो । यसलाई यति ठूलो विषय बनाउने कुरा थिएन ।’ टेलिभिजन शो ‘कमेडी हब’ केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को निर्देशनमा प्रसारण भइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.