logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी संस्कृतिक नगरपालिकाको बजेट सार्वजनिक


    ३२ असार २०७९ , शनिबार

    लुम्बिनी संस्कृतिक नगरपालिकाको बजेट सार्वजनिक

    अञ्जना चौहान / लुम्बिनीखवर
    लुम्बिनी, ३२ असार । लुम्बिनी संस्कृतिक नगर पालिकाले आगामी वर्ष २०७९/०८० का लागि ९१ करोड ८९ लाख ७ हजार बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । शुक्रबार लुम्बिनी संस्कृतिक नगर पालिकाको नवौं नगर सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वजेट सार्वजनिक गरिएको हो ।


    ०७९/८० संघ सरकारबाट प्राप्त वित्तीय समानिकरण शसर्त अनुदान ,राजस्व बाडफाड समपुरक अनुदान विशेष अनुदान ,मौजदात रकम कुल बजेट ९१ करोड ८९ लाख ७ हजार बराबर बजेट विनियोजन गरिएको नगर उपप्रमुख कल्पना हरिजनले बताए । उनले अबको योजना कार्यक्रम विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए छन् ।कार्यक्रममा लुम्बिनी संस्कृतिक नगर पालिका वडा नम्बर २ का वडा अध्यक्ष नैमुल्लाह फकिरको स्वागत मन्तव्यका साथै नगर प्रमुख सजरुद्दिन खान ,उप प्रमुख कल्पना हरिजन , प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे लग्यात १३ वडाका वडा अध्यक्ष वडा सदस्य एवम् कार्य पालिका सदस्यहरुको उपस्थितिमा बजेट पारित भएको छ ।
    सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीको जीवनस्तर माथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने नगर बजेटमा उल्लेख छ । नीति तथा कार्यक्रममा स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, कृषिलाई बजेटले प्रथामिकता राखेको देखिन्छ । ‘सहकारीका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्दै स्वरोजगारिता अभिवृद्धि गर्ने, सहकारीलाई कृषि तथा पशुपालनका क्षेत्रमा आबद्ध गर्न नगरपालिकाले पहल गर्ने,बजारीकरणमा सहयोग र बहुउद्देश्यीय सहकारीहरूलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । सामुदायिक विद्यालयहरूलाई गुणस्तर शिक्षाको विकासमा सहयोग गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरूमा छात्राहरुको शिक्षामा विशेस प्राथामिकतामा राख्ने नीति नगरले अघि सारेको छ । खानेपानी समस्या दीर्घकालीन समाधान, किसानलाई उत्पादनमा अनुदान दिने नगरको बजेटले समेटेको छ । बजेट बाटो, सिचाई, भौतिक पुर्वाधार, कृषि, स्वास्थ्य र शिक्षालाई बढि प्राथामिकतामा राखेको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.