दीपक जैसवाल
गैंडहवा /रुपन्देहीको गैडहवा गाउँपालिका प्रशासनिक कार्यकक्षमामा ताल्चा लगाइएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल , प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री लेखाशाखा प्रशासनमा गाउँपालिका वाड न २ देखि ७ सम्मका बहुमत जनप्रतिनिधिले ताल्चा लगाउन बाध्य भएको वाड अध्यक्ष सुरेन्द्र कुर्मिले बताए वाड न ६ को सचिबले राजस्व समयमा राज्यकोषमा जम्मा नगर्दा पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कुनै अवस्था नगरेको कृषि उपकरण वितरणमा समयमा नगरेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत उपयोग गरेको गाडी तथा अवास सुविधा दोहोरो लिएको गाउँपालिकाको नामबाट मोटरसाइकल खरिद गरेर घर मै राखेको वाड न १ देखि नौ सम्म खाल्डाखुल्डी पुर्दा खसालिएको मिस्कट कुन शीर्षक बाट बजेट ब्यबस्थापन गरियो करारमा रहेका कर्मचारी लाई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मात्रै किन हटाउन खोजियो वार्षिक राजस्व के कति र कहाँ बाट प्राप्त हुन्छ । सो को विवरण मासिक रुपमा उपलब्ध गराउनु पर्ने लगाएत का ११ ओटा माग राखेका छ्न । यस बिसयमा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलसंग कुराकानी गर्दा कुरा जतिसुकै समस्या भयतापनी जनप्रतिनिधि र कर्मचारी बिच छलफल गरेर निकास आउने बताउदै ताल्चा नै अन्तिम विकल्प नरहेको उनले बताए , आफू आएको करिव दुई महिना भएकोले आफु सम्पूर्ण गैडहवा गाउँपालिकाको अध्यक्ष रहेकोले कसैलाई काखापाखा नगर्ने बताए । यस बिसयमा प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीसंग कुराकानी गर्न खोज्दा आफू बाहिर रहेको भन्दै जानकारी मात्रै दिए यस्तै सूचना अधिकारी गणेश भट्टराई संग कुराकानी गर्दा मुख्य समस्या करार कर्मचारी हटाउन खोज्दा राजस्वको विषयले ताल्चा लगाएको हुनुपर्ने भन्दै आफू पनि पुर्ण रुपले जानकार नरहेको बताए । गाउँपालिकामा अहिले सेवाग्राही आउदै फिर्ता भएका छन । आर्थिक प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लाउदा सेवाग्राही मर्कामा परेका छन ।