भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् । तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि भएन । तर, चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही समययता आरजुले पटकपटक दिल्ली भ्रमण गरेकी थिइन । उनको भ्रमणलाई लिएर बिभिन्न प्रश्न उठिरहेका बेला उनको शल्यक्रियाको खवर बाहिर आएको हो ।