पशुपती यादव/ लुम्बिनीखवर
भैरहवा । रुपन्देहीको उत्कृष्ट सहकारी संस्था जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौड्याललाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने घोषणा सरकारले गरेको छ ।संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक घोषणा गर्ने क्रममा पौड्याललाइ पनि सुप्रबल जनसेवाश्री पदक दिने घोषणा गरेकी हुन् । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल अध्यक्ष पौड्याल सहकारी क्षेत्रमा लामो समय देखि आवद्ध छिन् । उनलाई सुप्रबल जनसेवाश्री पदक दिने घोषणा भएपछि उनि अध्यक्ष रहेको जनउत्थान सहकारीले बधाई तथा सम्मान गरेको छ ।