पशुपती यादव
रोहिणी –८, भदौ । जिल्लाको रोहिणी गाउँपालिकामा पर्ने श्री रामनरेश उच्च मा.वि. ले गति र प्रगति गर्दै अगाडि बढेको छ । यस क्षेत्रको पुरानो र सर्वशुलभ यस विद्यालयले समयको माग अनुसार गुणस्तरीय शिक्षा प्रधान गर्न सुरु गरेपछि यसको उचाई बढेको हो ।
बाल शिक्षा देखि कक्षा १२ सम्म पढाई हुने यस सरकारी विद्यालयमा बिहान र दिउसोका कक्षाहरु समेत सञ्चालन हुने विद्यालयको सूचना शाखाले जानकारी दिएको छ । स्कुलको प्राविधिक शिक्षा तर्फ सिभिल इन्जिनियरिङ्ग कक्षा अंग्रेजीमाध्यमबाट कक्षा सञ्चालन सुरु गरेपछि रोहिणी, ओसतिया, तिलोत्तमा, देवदह र नवलपरासीबाट समेत यस स्कुलमा विद्यार्थीहरुको आकार्षण बढेको छ ।
अरु विद्यालय प्राविधिक बाहेक व्यवस्थापन र शिक्षा संकायका कक्षाहरु समेत पढाई हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानी (मुकेश) ले जानकारी दिए । स्कुलमा आधुनिक प्रयोगशालामा कम्प्यूटर ल्याब समेत रहेको श्री रामनरेश यादव उच्च मा.वि. स्वामीनगर धकधईका प्राचार्य रामसुरेश बर्माले जानकारी दिए ।
समाज परिवतर्नशील छ यसैको रफतारमा शिक्षालाई पनि बदल्दो युगको सुहाउदो शिक्षालाई अगाडि लैजानु पदर्छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यावद भन्दछन श्री रामनरेश उच्च मा.वि.लाई पनि आजको आवश्यकतालाई र समुदायको मागलाई मध्येनजर राखि सस्तो सुलभ, गुणस्तरीय र परिवतर्नको धारमा बदल्ने सोच रहेको छ । यस रोहिणी गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालय र मदरसा लगायतका विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षामा सुधार, शिक्षालाई गुणस्तरतर्फ लैजाने, निजि विद्यालयहरुलाई नेपाल सरकारको मापदण्ड अनुसारमै लैजाने गाउँपालिको ध्यान केन्द्रित रहेको छ ।