
सुरज ज्ञवाली
आधुनिक र प्रविधिमैत्री उपचार पद्धति
भैरहवा, भदौ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेश नगरी सिद्धार्थनगरमा अत्याधुनिक सेवाका साथ सिदार्थनगर सिटी अस्पतालले सेवा प्रदान गरेको छ । उपचारको अभावमा छटपटिएका बिरामीहरुको लागि यो अस्पताल अत्याधुनिक सेवाका साथ सञ्चालनमा आएको भैरहवा बासी बताउँछन् ।
यसको स्थापनासँगै यसक्षेत्रमा मेडिकल हबको रुपमा विकास हुँदै गरेको देखिन्छ । विकास र समृद्धिको मार्गमा अगाडि बढेको भैरहवा क्षेत्रलाई सिदार्थनगर सिटी अस्पताल गहना बनेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सामिप्यतामा रहेको यस अस्पतालले विदेशी बिरामीको उपचारका लागि समेत विशेष व्यवस्था गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सीमाक्षेत्रमा रहेका भारतीयहरुको समेत रोजाईमा परेको यो अस्पतालमा जिल्ला बाहिरबाट आउने बिरामीहरु अधिक रहेका छन् । बढ्दो शहरीकरण, औद्योगीकरण र पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको भैरहवामा सिटी अस्पतालको शुभारम्भले नयाँ आयाम थपेको स्वस्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । समयको माग अनुसार आफूलाई परिमार्जित गर्दै अगाडि बढेको यो अस्पतालले दिने सेवाका कारण काठमाडाँै र भारतमा जानुपर्ने बिरामीहरुको संख्यामा समेत कमी आएको छ ।
अस्पतालले अहिले बिरामीको माग अनुसार अत्याधुनिक भुकम्प प्रतिरोधक ६ तले भवनको निर्माणसँगै अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरेको देखिन्छ । आधुनिक भवनको निर्माण सँगै विभिन्न सेवाहरु समेत अस्पतालले थपेको अस्पताल प्रशासनले जनाएको छ । सिटी अस्पतालमा अहिले बिरामी लैजान मिल्ने ठूलो लिफ्टका साथै चारैतिर सिसी क्यामेराको निगरानी राखेको देखिन्छ । यहाँ अहिले ओ.पि.डी., आई.सि.यु., सि.सि.यु., एनआईसियु सेवा, डाइलाईसिस, कृत्रिम गर्भाधारण, न्युरो, ट्र«ामा सेन्टर, आकस्मिक कक्ष, भेन्टिलेटर, इको, सर्जरी लगायतका सेवा दिइरहेको अस्पतालका अध्यक्ष सुबोध कुमार पाण्डे बताउँछन् ।
मृगौला बिरामी, दम, रुघा, ज्वरो, एपेन्डिक्स, हर्निया,पायल्स, डाइलेसिसका लागि फिस्टुला निर्माण, ुहेयर ट्रान्सप्लाण्ट, ६४ स्लाईस सिटि स्क्यान, मोडुलर ओटी, नाक, कान, घाटी, प्रसुती, पाठेकोघरको सल्यक्रिया, मधुमेह रोग,, थाइराईड, मुटु, कलेजो, पेट, श्वासप्रश्वास सम्बन्धी उपचार हाल सिटी अस्पतालले गर्दै आइरहेको छ ।
यहाँ हार्डजोर्नी, नशा, छाला, गुप्तरोग, बाल, फिजियो थेरापी, टङसिल, मुख बाङगो भएको, प्यारालाईसिस लगायतको उच्च प्रविधि मार्फत उपचार भैरहेको अस्पतालका विशेषज्ञ डा. आशिस मल्लले जानकारी दिए ।
नेपाल सरकारको मापदण्ड अनुसार १०० बेड सञ्चालनको अनुमति पाएको यो अस्पतालले प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, रुपन्देही र भारतीय बिरामीहरुको चाप हुने गरेको अस्पतालका प्रवन्धक निर्देश अर्जुन पौडेलले बताए ।
प्राविधिक, प्रशासन र सामान्य कर्मचारी गरी १९० जनालाई रोजगार दिएको यस अस्पताल सँग दक्ष विशेषज्ञ सुविधा रहेको छ । यहाँ हाडजोर्नी तथा नशाका लागि डा. जावेज खान, महिला रोग डा. ज्योती राणा, डाइबेटिज डा. सञ्जय साह, छाला तथा हेयर ट्रान्सप्लाण्ट चन्द्रमोहन साह, मृगौलाका लागि डा. सुवोध , सर्जरी डा. आशिस ब. मल्ल कार्यरत रहेको अस्पतालको मानव संशासन प्रमुख विजया गौतमले जानकारी दिए ।
अस्पतालले कर्पोरेट अस्पतालको रुपमा समेत आफूलाई विकास गरेको देखिन्छ । भैरहवाक्षेत्रका बैंक तथा सहकारी संस्था र उद्योगहरुसँग सहकार्यमा उपचार सेवा दिइरहेको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ । निजी क्षेत्रबाट सञ्चालनमा रहेको यो अस्पतालको शुरुसँगै भैरहवाको विकासमा नयाँ उर्जा आएको छ । यसले आध्यात्मिक तथा धार्मिक पर्यटकको घुइँचो लाग्ने लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने आपत्कालीन उपचारमा सहयोग पुराउने छ । आधुनिक र प्रविधिमैत्री यस अस्पतालले आगामी दिनमा गाउँगाउँसम्म आफ्ना सेवाहरु पुराउने योजना बनाएको देखिन्छ । स्थानीयहरुको मुख्य लगानी रहेको यस अस्पताल निर्माणमा अनुमानित १ अर्ब लगानी रहेको छ ।