logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गौतम बुद्धको जन्मस्थलको प्राङणमा बज अटोमोबाइल्सको शाखा


    १६ भाद्र २०७९ , बिहिबार

    गौतम बुद्धको जन्मस्थलको प्राङणमा बज अटोमोबाइल्सको शाखा

    भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्राङगणमै बज अटो मोबाइल्स प्रा.लि.ले पर्सा,लुम्बिनी शाखाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरीएको हो । लुम्बिनी साँँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा बोल्दै नगरप्रमुख मुसलमानले बज अटोमोबाइल प्रा.लि. ले लुम्बिनीमा शाखा शुभारम्भ भएको कार्य सहराहनीय भएको बताए । लुम्बिनी क्षेत्रमा बसोबास गर्ने आमजनमानसलाई सहज हुने भन्दै बज अटोमोबाइल्सलाई धन्यवाद ज्ञापन गरे ।
    कार्यक्रम बोल्दै बज अटोमोबाइल्स प्रा.लि. भैरहवाका प्रबन्ध निर्देशक हरि बहाुर थापाले भने,“लुम्बिनीको प्राङगण,भनेको महामानव गौतमबुद्धको पवित्र जन्मस्थल हो, यहाँ आउने आन्तरिक एवं बाह्रे पर्यटकहरुका लागि समेत हामी विशेष सुविधा प्रदान गर्ने योजना निकट भविष्यमा बनाउनेछौ । ”
    लुम्बिनी विशवद्यिालयका डीन डा. माणिकरत्न शाक्यले अटोमोबाइल्स क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्ेहरुीका उपाध्यक्ष नेत्र प्रासद आचार्यले बजाजले ग्राहकको मन जित्न सफल हुदै आएको र आगामी दिनमा सफल व्यवसायीक कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
    कार्यक्रममा बज अटोमोबाइल्स प्रा.लि. भैरहवका सञ्चालक हरि बहादुर थापोको अध्यक्षता, लुम्बिनी साँस्कृतिक नगरापलिकाका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथिको आतिथ्यताल, गुरु प्रसाद क्षेत्रीको स्वागत तथा कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.