logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मधेशी समुदायमा दाइजो प्रथा विकराल बन्दै


    २० भाद्र २०७९ , सोमबार

    मधेशी समुदायमा दाइजो प्रथा विकराल बन्दै

    अन्जना चौहान

    लुम्बिनी । नेपालमा कानुनले दाइजो प्रथालाई बन्देज गरेपनि व्यवहारमा लागु भएको देखिदैन । नेपाली समाजमा दाईजोप्रथा विकृतिका रुपमा फैलिएको छ । हिमाल, पहाड र तराई गरि तिन तहको भौगोलिक अवस्था रहेको नेपालमा सामाजिक र आर्थिक अवस्था पनि फरक–फरक छ । दक्षिण एसियाली मुलकहरुमा दाइजो प्रथा व्यवहारिक चलनको रुपमा चलिरहेपनि केहि स्थानमा यसले विकराल रुपमा देखिन्छ । त्यसमा नेपालको तराई–मधेस क्षेत्रमा पनि यो प्रथाले समस्या श्रृजना गरेको छ । विवाहमा बेहुलालाई बेहुलीतर्फबाट मागे अनुसारको नगद र जिन्सी दिने दाईजो प्रथाको कानुनमा अन्त्य भएपनि व्यवहारमा न्युनिकरण देखिदैन । बेहुला पक्षबाट नगद र फर्निचर, लत्ताकपडा, सुनचाँदी, हीरामोती महँगा बिरासितामा बस्तुहरु टिभि, मोटरसाईकल, कम्प्युटर, कार र नगद माग्ने प्रचलनले बेहुली तर्फका अभिभावकहरुलाई तनाव बनाउने गरेको छ । यो कुप्रथाको जरा तराई–मधेसमा बढि हुदाँ छोरीहरु कानुनमा समान देखिएपनि व्यवहारमा दोस्रो दर्जाका नागरिक जस्तै बनेका छन् । दाईजो प्रथा तराई–मधेसमा बाध्यात्मक बनेको छ । यसले समाजमा असामनता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरु हुनमा मलजल गरिरहेको छ । महिला हिंसा, हत्या, आत्महत्याका घटनाहरु नेपालमा ज्वलन्त प्रमाणको रुपमा दैनिक घटिरहेका छन् । दाइजो प्रथाले गरिबहरुका लागि बढि समस्या पारेको छ । नेपालमा व्यवहारमा अशिक्षित र लैङ्गिक विभेद हुदाँ तराई–मधेस क्षेत्र सवै भन्दा दाईजो प्रथाबाट प्रभावित बनेको छ । कानुनले दाईजोलाई गैरकानुनी भनेपनि चलन चलिरहेको छ । यसले दाईजो महिलाविरुद्ध आर्थिक शोषणको हतियार बनेको छ । नेपालले धेरै अन्तराष्ट्रि«य कानुन स्वीकार गरेपनि कानुनी प्रावधान र नीतिहरु महिला विरुद्ध भेदभावपुर्ण रहेका छन् । मधेसमा सामाजिक अपराधको रुपमा दाईजो प्रथाले छोरी–बुहारीको ज्यान जाने तथा घरपरिवारबाट हिंसामा पर्ने गरेका उदारण दैनिकरुपमा स्थानीय सरकार र प्रहरीमा पुग्ने गरेका छन् । छोरिको बिवाह गर्नका लागि घरजग्गा बेच्नुपर्ने क्रर्ण खोज्नुपर्ने बाध्याता परेपनि भ्रण पहिचान गरि छोरिको गर्भमानै हत्या हुनेगरेका छन् । आजको युगमा पनि बेहुला पक्षले दाईजोको रुपमा लाखौ मुल्यको धनसम्पती माग गर्ने गरेका छन् । दाईजोमा आधा तिलक फलदान माग दिने गरिन्छ । बेहुला पक्षले दाईजो नदिए जन्ती समेत फिर्ता हुने गरेका छन् । यसले बेहुलीका आमाबुवाले पानीमा डुबेर, आगो लगाएर, झुन्डिएर, विषसेवन गरे आत्महत्या गर्ने गरेका छन् । यसलाई कानुनले व्यवहारमा बन्देज लगाउनु पर्दछ । विवाहलाई नेपाली समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेपनि लेनदेन सम्म पुग्दा समस्या परेको छ । दाईजो छिमेकीलाई देखाउने देखासिकी एवं प्रतिष्ठाको विषय समेत बनेको छ । तराईमा केटाको पढाई र जागिरलाई दाईजो बढाउने माध्याम समेत मानिएको छ । शिक्षित परिवारमा समेत दाईजोले प्रश्रय पाएको देखिन्छ । दाईजो समाज विखण्डनको मुख्य कारण बनेको छ । तिलक देखि दाईजो दिन शुरु गरि जुन बेहुला पक्षलाई केके दिनुपर्छ भनेर बेहुली पक्षले विवाह सम्म पुगेर अन्त्य गरिन्छ । लेनदेनको सर्त पुरा भएपछि बिवाहको सुनिश्चित हुन्छ । सर्त पुरा नभए बेहुला पक्षले विवाह भाँडिएको घटना धेरै हुनेगरेका छन् । दाईजो बेहुली पक्षलाई आर्थिक तथा मानसिक रुपमा अत्यन्त पिडा दिने गरेका छ । तअर्थ हाम्रो समाजमा हुने यस्ता दाइजोका विषयहरु अन्त्य हुनु पर्दछ । कानुनी रुपमा मात्र यसलाई प्रयोग नगरि व्यवहारिक रुपमा समेत काम गर्न आवश्यक छ । यो नहुने हो भने मधेसी समाजमा जन्म लिएका छोरीहरुको भविष्य सधै अन्धकार बन्ने छ । छोराछोरी बराबरी भन्ने सरकारको भनाईलाई व्यवहारमा लागु गर्न तर्फ स्थानीय सरकार तथा न्यायपालिकाले सधै अग्रपंतीमा उभिनु आजको आवश्यकता हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.