अञ्जना चौहान
लुम्बिनी, भाद्र । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ मसिना स्थित श्री मसिना बाबा नरेन्द्र पूरी मोगलाह माध्यमिक विद्यालयले २०७९ को कक्षा १२ को वार्षिक परीक्षामा सामेल भई उत्कृष्ट जी पी ए ल्याउने विद्यार्थीलाई विद्यालय ले एक कार्यक्रम को आयोजना गरी सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी को उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा ३.६६ जी.पी.ए. ल्याउने सोही विद्यालयका विद्यार्थी गोलु कोहार लाई सम्मान पत्र तथा टीका लगाएर सम्मान गरिएको हो । सम्मानित विद्यार्थी गोलु ले आफ्ना भनाई राख्दै विद्यालय का सम्पूर्ण शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लाई धन्यबाद दिँदै उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई पढ्नुपर्ने प्रेरणा दिएका थिए । आफ्नो समय को कुशल व्यवस्थापन तथा गुरु वर्गको सही मार्गदर्शन बाट सो सफलता हासिल गरेको र आउने दिनमा पनि उच्च शिक्षा हासिल गर्दा सो क्रम लाई निरन्तरता दिने संकल्प पनि गरेका छन् । सामुदायिक विद्यालय जहाँ सबै पूर्वाधार तथा दक्ष जनशक्ति को उपलब्धता हुँदाहुँदै पनि नतिजा मा उल्लेख्य सुधार हुन नसकेको अवस्थामा मसिना बाबा मा.वि. का छात्र गोलु कोहार एक उदाहरण का रूपमा पनि प्रस्तुत भएका छन् ।