सुरज ज्ञवाली
भैरहवा, २२ भदौ । समाजमा देखिएको असमानता हटाउनका लागि नर्वदा देवी उपाध्याय राजनीतिमा आएकी हुन् । मायादेवी गाउँपालिका रुपन्देहीकी उपाध्यक्ष उनि जनताको चाहाना र आकांक्षा अनुसार समाजसेवामा लागेको बताउने गरिकीे छिन् । समाजमा गरिब, दलित, असाहय र महिलाहरु सधै पछाडी परेका छन् । उनिहरुको न्याय र समानताका लागि म सधै लड्ने गरेकी छु । उपाध्यक्ष उपाध्यायले भनिन,“स्वसित पिडित जनताको न्यायका लागि मेरो संघर्ष निरन्तर रहने छ । ”यसका लागि घरपरिवार पनि महत्वपुर्ण हो । उनको भनाई अनुसार – घरपरिवार, छरछिमेकीहरु र समाजले सधै गर्ने सहयोग र सदभावले राजनीतिमा आउन सहयोग पुराएको छ । अहिले मायादेवी गाउँपालिकाको उपाध्यक्ष हुदै गर्दा जनताका विभिन्न कामहरु र अधिकारका निम्ति उपाध्यायको लडाईले स्थान पाएको छ । उनि गाउँमा आधुनिक कृषि परियोजनाहरु लागु गर्न, कृषकलाई कृषि औजार, कृषकलाई तालिमको व्यवस्था, गाउँपालिका भित्रको सरसफाईको उनको ध्यान जाने गरेको देखिन्छ । जनताको सेवाका लागि सधै अग्रपंतीमा उभिने उनिले महिला गर्भवतीका लागि गाउँगाँउमा रहेका स्वास्थ्य चौकीमा आधुनिक प्रसुती सेवाको व्यवस्थाका लागि पहल गरेको देखिन्छ । सरकारी खाली जमिनमा बृक्षारोपण र गाउँको सुन्दरीकरणका लागि उनले सधै अभियान चलाएकी छिन् । सरकारी स्कुलहरुमा पनि अग्रजी माध्यामबाट पठन पाठन गराउने पहल समेत उनले मायादेवी गाँउपालिकामा गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । आगामी शैक्षिक सत्र देखि कक्षा पाचँ सम्म अग्रजी माध्यामबाट प्रध्यापन गराउनका लागि उनको योजनाले सार्थकता पाउने भएको छ । गाउँपालिकाको विकासका लागि सवै जनप्रतिनिधिहरु सहकार्य गर्दै अगाडी बढेको बताउने उनि समाज सुधारका लागि विभिन्न योजनाहरु अगाडी सारेको छिन । शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार निर्माण, सडक र सिचाईमा उनको जोड रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । उनिको यो अभियानले मायादेवी गाउँपालिकामा बसोवास गर्ने सवै जनतालाई सुखि र खुसी बनाउने देखिन्छ । यहाँको कृषि र पर्यटन क्षेत्रलाई अगाडी बढाउन उपाध्यक्ष उपाध्यायले सधै पहल गरेकी छिन् ।