भैरहवा, असोज । आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशको पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रुपन्देही सुटिङ संघले खेलाडी छनोट सम्पन्न गरेको छ । खेलाडी छनोट प्रतियोतिामा रुपन्देही सुटिङ संघले प्राविधिक र छनोट प्रतियोगिताको व्यवस्थापन आफै गरेको छ ।
जिल्लाबाट सुटिङ प्रतियोगितामा महिला तर्फ रिङगला हरिजन र मनि पासी छनोट भएका छन् । पुरुषतर्फ दिनेश धोवी र प्रधुमन लोध छनोट भएका रुपन्देही सुटिङ संघले जानकारी दिएको छ । छनोट भएका खेलाडीहरुलाई लुम्बिनी प्रदेशको प्रदेश स्तरीय सुटिङ प्रतियोगिताका लागि नेपालगञ्ज पाठाइएको जिल्ला सुटिङ संघकी अध्यक्ष ज्योत्सना राणा जानकारी दिइन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ध्रुवलामगादेको प्रमुख आतिथ्यतामा खेलाडीलाई विदाई गरिएको थियो । खेलाडी विदाई कार्यक्रममा रुपन्देही सुटिङ संघका पदाधिकारी अध्यक्ष ज्योत्सना राणा, उपाध्यक्ष अरुण कर्ण, सचिव रुक्मा थपलिया, सदस्यहरु सुरज उप्रेती, कमल रायमाझी र प्रमुख सल्लाहकार विजय जंग राणाको उपस्थिति रहेको थियो ।