logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    असन्तुष्ट दलका माग सम्बोधन प्रक्रिया सुरु स् गृहमन्त्री खाण


    ३० असोज २०७९ , आइतबार

    असन्तुष्ट दलका माग सम्बोधन प्रक्रिया सुरु स् गृहमन्त्री खाण

    रुपन्देही, ३० असोज । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी ९विप्लव०, सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ । आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार प्रसार कार्यालयको उदघाटन कार्यक्रममा उहाँले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रपरिषद् बैठकले गरिसकेको बताउनु भयो । उहाँले यी राजनीतिक दलहरूलाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानुन संशोधन गर्नु पर्ने भएमा कानु संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताउनुभयो । यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफूहरूसंग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.