logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जनउत्थानको साधरणसभा सम्पन्न


    ६ कार्तिक २०७९ , आइतबार

    जनउत्थानको साधरणसभा सम्पन्न

    एलिना आचार्य

    भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा तथा निर्णय प्रमाणिकरण शनिवार कोटिहवामा सम्पन्न गरेको छ । साधारण सभा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तिलोतमा नगरपालिकाका नगरप्रमुख, रामकृष्ण खाणले नेपालमा गरिबी निवारणको सख्या घट्नुको कारण सहकारी भएको बताउदै पालिकामा रहेका सम्पूर्ण सहकारी सँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
    उनले युवा रोजगार र समाज रुपान्तरणमा जनउत्थानले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै आगामी दिनमा सहकार्य गर्ने बताए । उनले नगरको गहनाको रुपमा यो सहकारी भएको बताउँदे यसको संस्थागत विकासका लागि नगरपालिकाले सधै सहयोग गर्ने जनाए र
    कार्यक्रमका अध्यक्ष तथा जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेलले जनउत्थान सहकारी संस्थाले महिलाहरुलाई नेतृत्वदायी भ्ूामिकामा ल्याई आत्मनिर्भर बन्न मद्धत पुराएको बताइन् । संस्थाले पछिल्लो वर्षमा गरेको पूजिगत विवरण बारे जानकारी समेत दिइन् । उनले जिल्लामा मात्र नभएर देशमा नै यो सहकारी उत्कृष्ट सहकारी बन्न सफल भएको जानकारी दिईन ।
    कार्यक्रमका विशिष्ठ अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले देश अहिले आर्थिक संकटको सामाना गरिरहेको भन्दै सहजै कारोबार गर्न सहकारीले ठूलो भूमिका निंवाह गरेको बताइन् । उनले महिलाहरुको पक्षमा निरन्तरण उत्प्रेरेणा मुलक काम यो सहकारीले गरिरहेकाले यसको निरन्तरताको लागि आग्रह गरिन ।
    कार्यक्रममा बोल्दै नेप्सुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकास ढकालले, धेरै समस्याहरुको सामना गर्दै सहकारीले समाजमा स्थायित्व पाएको बताउदै, जनउत्थान जस्तै देश भरीका सहकारीले उदारणीय कार्य गर्न प्रोत्साहन गरेका छन् । उनले सहकारीका कारण देशमा आर्थिक सवलता भएको भन्दै यसलाई एकिकृत गर्दै अगाडी बढ्नु पर्ने बताए ।
    कार्यक्रममा सहकारीको क्षेत्रमा निरन्तर कलम चलाइ रहने लुम्बिनी खबर पत्रिकाका सम्पदक कमल रायामाझीलाई समेत सम्मान गरीएको हो ।
    सभामा जनउत्थान सहकारीका पदआधीकारी, संस्थापक सदस्य, १० वटा सवा केन्द्रका प्रतिनिधि गरी करीब २०० जनाको उपस्थिती रहेको कार्यक्रम संचालक एवं सहकारीका सचिव सरु रानाले जानकारी दिइन् । जिल्लामा १० वटा सेवा केन्द्रबाट निरन्तर सेवा दिइरहेको यो सहकारीमा ३६ हजार ८८७ सदस्य रहेका छन् । जसमा महिला सदस्यको सख्या २१ हजार ११३ रहेको छ । ३ अर्ब भन्दा बढि कुल पुजी रहेको यो सहकारी यस क्षेत्रको सवल र उत्कृष्ठ सहकारी हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.