logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ससुराली ठग्ने ज्वाई


    १७ कार्तिक २०७९ , बिहिबार

    ससुराली ठग्ने ज्वाई

    अन्जना चौहान

    कपिलबस्तुका सञ्जय थारुले आफ्नै ससुरालीको एक करोड रकम ठगि गरि फरार भएका छन । व्यवासायिक भिषामा श्रीमती सँगै कोरिया जाने भन्दै ससुराली बाट सो रकम लिई सञ्जय फरार भएका हुन ।
    सञ्जय थारुका सासु आमा पुष्पा चौधरी छोरी ज्वाईँ कोरियामा व्यापार गर्न जाने भनेपछि दङ्ग थिईन । वि. सं. २०७८ साल असोज १० गते ४४ लाख रूपैया पुष्पाले आफ्नो छोरी निर्मा चौधरीको खातामा जम्मा गरिदिईन । भिषा प्रकृया मिलाउने भन्दै सञ्जयले श्रीमती निर्मालाई झुक्याउँदै पटक पटक पैसा लिदै आएका थिए । बिभिन्न समयमा ईसेवामा लोड गरी आफ्नो खाता बाट सञ्जयले ब्यक्तिगत खातामा पैसा जम्मा गरेको निर्माले बताईन । बिभिन्न समयमा गरी एक करोड रूपैया झुक्याएर लिएको पिडित परिवारले बताएका छन । पैसा लिईसके पछि सञ्जय थारु अहिले सम्म सम्पर्कमा नआएको पुष्पा कुमारी चौधरी (सञ्जयका सासु) ले जानकारी गराउनु भयो । सञ्जय थारु बिदेश पठाईदिने भन्दै बिभिन्न ब्यक्ति बाट समेत पैसा लिई ठग्दै आएको बुझिएको छ ।
    फरार रहेका सञ्जयका श्रीमती निर्मा चौधरीले आफुलाई पनि कोरिया लैजाने भन्दै प्रलोभन देखाई आफ्नो माईती बाट पैसा लिएको बताएकी छिन । निर्माले बुवाको बैँक खातामा रहेको १० लाख समेत झुक्याएर निकालेको बताएकि छिन । फरार रहेका सञ्जयलाइ खोजी गरी पक्राउ गरी पाउँ भनि निवेदन दिईसकेको निर्मा चौधरीले बताईन । फरार सञ्जयले अनलाईन बिजनेशका नाममा ठगी धन्दा गर्दै आएको पिडित परिवारले जनाएका छन । फरार रहेका सञ्जयलाई यथाशीघ्र पक्राउ गरी आफुहरुको रकम फिर्ता गराईदिन पिडित परिवारले आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.