logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कुस्तिसंगै सतियामाई मेला सकियो


    २४ कार्तिक २०७९ , बिहिबार

    कुस्तिसंगै सतियामाई मेला सकियो

    पशुपति यादव
    रोहिणी, कार्तिक । पूर्णिमाको अवसरमा लाग्ने गरेको पूर्णिमा (नहान) मेला सकिएको छ । रुपन्देही जिल्लाका ओमसतिया माई मन्दिर लगायत विभिन्न स्थानमा लाग्ने गरेको जस्तै जोगियावारी, अमहवा बोगदिया लगायतका स्थानहरुमा विभिन्न कार्यक्रम धार्मिक नाटक रामलिला रामायण गीत संगीत धार्मिक कृतन भजनका बीच सो मेला सम्पन्न भएको छ ।
    कार्तिक पूर्णिमाको शुभ अवसरमा बिहान देखि सो क्षेत्रमा स्नान गर्ने पुजापाठ गरि दान दक्षिणा गर्ने श्रद्धालु भक्तजनहरुको सतियामाई मन्दिर परीसरमा घुुइचो थियो ।
    सतियामाई मन्दिरमा पूर्णिमा मेला हेर्ने नेपाल भारतका श्रद्धालु भकतजनहरुको बाक्लो उपस्थिति रहेको एक श्रद्धालुुले बताए ।
    सतियामाईको कार्तिक पूर्णिमाको मेलामा उपस्थित एक जना श्रद्धालुु भक्तजनले भने विशेष गरेर सतियामाईको दर्शन गर्ने र भकल पुुरा हुने सन्तान प्राप्ति र बच्चाको मुडन गरी कथावार्ता गरि रोहिणी नदीमा स्नान गरी मन वचनले कार्य गरेमा आप्mना भकल पुरा हुने जन विश्वास रहेको बताए ।
    सोही अवसरमा नाचगानका साथै भेडा जुुधाई र कुस्ती प्रतियोगिता अन्य स्थानमा मेलाकै दिन सम्पन्न भएपनि ओमसतियामाई मन्दिरको कुुस्ती प्रतियोगिताको भोलि पल्टा नै सञ्चालन हुने सतियामाई मन्दिर तथा मेला व्यवस्थापन समितिले जनाएको छ ।
    महामुकाबला कुुस्ती दंगलमा नेपाल र भारतको पहलवानको उपस्थितिरहने भोली दस बजे बिहानबाट सुुरु हुुने कुुस्ती व्यवस्थापनका आयोजित कमिटीले जनाएको छ ।
    सतियामाई मन्दिरलाई पथ पर्यटकिय स्थलकै रुपमा यसको विकास र विस्तारमा आफुु लागि परेको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जीत यादव (सोनुु)ले जानकारी दिए ।
    ओमसतिया वार्ड न.५ का अध्यक्ष मदन पोखरेलले मेलालाई अझ थप व्यवस्थित गर्न आफु लागि परेको लुुम्बिनीखबरसंग भने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.