logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    उद्योगपति केडिया अपहरण  खोजी तीव्र, गोली लागेका चालकलाई काठमाडौं पठाइयो


    १४ जेष्ठ २०७३ , शुक्रबार

    उद्योगपति केडिया अपहरण  खोजी तीव्र, गोली लागेका चालकलाई काठमाडौं पठाइयो

    वीरगन्ज –बाराको बरियापुरबाट बिहिबार बेलुकी भारतीय अपहरणकारी समुहले वीरगन्जका एक उद्योगपतिलाइ अपहरण गरेको छ । अपहरणकारीले उद्योगपतिका सवारी चालकलाइ गोली हानेर वीरगन्ज ७ का उद्योगपति सुरेश केडियालाइ भारतीय अपहरणकारीले अपहरण गरेको हो ।

    kedia-kidnap
    केडियालाइ अपहरण गर्ने क्रममा अपहरणकारीले केडियाका चालक पर्साको विन्दवासीनी २ निवासी ३४ वर्षिय उमेश साह कानुलाइ गोली हानेर घाइते पनि बनाएको छ । दाहिने कन्पटीमा गोली लागेर गम्भिर घाइते भएका चालक कानुको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    बरियापुरमा रहेको खाद्य उद्योगमा काम विशेषले दिउँसो पुगेका उद्योगपति केडिया बेलुकी बा १० च ७२४० नम्बरको कारमा वीरगन्ज स्थित घर तर्फ फर्कने क्रममा बाराको पसाहा पुल नजिकबाट साँँझ साढे ६ बजे अपहरणमा परेका हुन् ।
    भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आएका अपहरणकारीले केडियालाइ अपहरण गरेका हुन् । घटनास्थलबाट नेपाल–भारत सीमा १६ किलोमिटर दूरीमा छ ।

    उनिहरुले केडियाका सवारी चालक कानुलाइ गोली हाने पछि केडियालाइ आफनो गाडीमा राखेर बाराको नाका हुदै भारत तर्फ लिएर गएको नारायणी अन्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले जानकारी दिए ।

    हतियारधारी समुहले उद्योगपति केडियालाई अपहरण गरेर सीमावर्ती भारतीय गाँउ तर्फ लिएर गएकाले सीमा नाकाहरु सिल गरेर खोजी कार्य शुरु गरिएको खडकाले बताए । अपहरित सुरेश केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाका दाजु हुन् ।

    केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् सुरेश केडिया । उनी केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका माहिला छोरा हुन् । उनी सभासद् विमल केडियाका सहोदर दाजु हुन् । ५६ वर्षीय उनका काकाका छोरा प्रदीप केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष छन् । उनी वीरगन्ज खाद्य उद्योगलगायत केडिया अर्गनाइजेसनअन्तर्गतका विभिन्न उद्योग व्यवसायमा आबद्ध छन् ।

    सन् १९०९ मा स्थापना भएको केडिया अर्गनाइजेसन नेपालको अग्रणी औद्योगिक व्यावसायिक समूहमध्येको एक हो । अर्गनाइजेसनले नेपालको उत्पादन, आयात–निर्यात, बैंक, वित्तलगायत क्षेत्रमा लगानी गरेको छ । अर्गनाइजेसनअन्तर्गत ब्रिज सिमेन्ट, रिलायन्स पस्मिना, यती फेब्रिक, सुन्दर फर्निचर, सीताराम गोकुल मिल्क, सिद्धार्थ बैंक, गोर्खा फाइनान्स, इन्दुशंकर चिनी उद्योगलगायत उद्योग व्यवसाय सञ्चालनमा छन् ।
    ….

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.