राधेश्याम विश्वकर्मा
भैरहवा, १५ चैत्र । “हिन्दी चलचित्र बढी हेर्ने भैरहवा” पछिल्लो समय भैरहवाले यो पहिचान परिवर्तन गर्दैछ । नेपाली चलचित्रहरु पनि हिन्दी फिल्मकै हारहारीमा बन्न थालेपछि भैरहवामा नेपाली मौलिकता भएका चलचित्रहरुले पनि राम्रै दर्शक पाउने गरेको छ ।

यसको पुष्टि गरेको छ शनिबार भैरहवामा भएको “बाटो मुनिको फुल २” को प्रर्दशनले । आयोजकले आशा गरे भन्दा बढी दर्शक यो चलचित्र हेर्न आए पछि आयोजकलाई पनि दर्शक ब्यावस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
आयोजकलाई आपत किन नपरोस चलचित्र हेर्न दर्शकहरुकै माझ चलचित्रका निर्माता, नायक तथा लोकप्रिय गायक यश कुमार, नायिका रीमा विश्वकर्मा तथा सह निर्मात्री रीमा शाही पनि चलचित्र हेर्न हलमा पुगे पछि ।

चलचित्र मात्र कहा हो र आयोजकले चलचित्रको समापन पछि गायक यश कुमारले गायन पनि प्रस्तुत गर्ने जानकारी दिए पछि दर्शकले भैरहवाको पद्यमाश्री चलचित्र मन्दिर खाली गर्न नै मानेनन् । चलचित्र समापन पचि यशले आफ्नो लोकप्रिय “बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन” भन्ने बोलको गीत गाउदा उनले दर्शकको साथ खोजेका थिए परिणाम उनको दोश्रो प्रस्तुति “तुलसी आँगनमा रोपौला” भन्ने सम्म आउदा दर्शकले उनलाई घेरेपछि आयोजकलाई भिड ब्यावस्थापन गर्न हम्मे हम्मे परयो र २ वटा प्रस्तुति पछि नै कार्यक्रमको बिट मार्नु परयो ।

भैरहवामा चलचित्रको लागी दर्शकको माया देखेर चलचित्रका कलाकार यश कुमार र रीमा विश्ववकर्मा गदगद् देखिन्थे । चलचित्र समापन पछि दुवै जनाले दर्शकलाई सेल्फीको लागी पनि प्रर्याप्त समय छुट्टयाए । स्थानियहरु पनि धेरै दिन पछि राम्रो चलचित्र हेर्न पाएको प्रतिक्रिया दिए । स्थानिय पर्यटन ब्यावसायी सञ्जय बजिमयले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनले यसलाई अंग्रेजी भाषामा बनाउन सके यसले अस्कर पुरस्कार सम्मको दावी गर्न स्तरको चलचित्र भएको प्रतिक्रिया दिए ।
जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि जनचेतनामुलक रहेको बाटो मुनिको फुल २ ले जातीय भेदभाव न्यूनिकरण गर्ने चलचित्र हेर्न आएका दर्शकहरुको प्रतिक्रिया रहेको थियो । चलचित्रबारे छोटो प्रतिक्रिया दिदै गायक तथा नायक यश कुमारले आफु कलाको माध्यमबाट जातीय बिभेद बिरुद्ध लागेको बताए । उनले कलाको माध्यमबाट नै जनचेतना फैलाउने काममा बिस्तारै सफलता हासिल गरेको अनुभव पनि सुनाए । यसै गरि सोही चलचित्रकी नायिका रीमा विश्वकर्माले अहिलेको अवश्था जातीले नभई प्रतिस्पर्धाको आधारमा अगाडी बढ्नु पर्ने टिप्पणी गरिन ।

यश कुमारकै निर्देशनमा रहेका चलचित्र बाटो मुनिको फुल २ ले समाजमा ब्याप्त जातीय छुवाछुत ब्यवहारमा हटी नसकेको र यसले पारेको प्रभाव तथा समाज परिर्वतनलाई सुन्दर रुपले चलचित्रको माध्यमबाट पस्केका छन ।
दलित अधिकार मञ्च रुपन्देही, रुपन्देही सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, नेपाल सुनचाँदी कालिगढ समिति सिद्धार्थनगरको संयुक्त आयोजनामा भैरहवाको पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन भएको हो । चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा, छुवाछुत तथा विभेद अन्त्य गर्नको लागि सकारात्मक सन्देश दिइएको यस फिलिमले समाजमा पक्कैपनि विभेद अन्त्य गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक किस्मत बिश्वकर्माले बताए । सोही कार्यक्रममा कलाको माध्यमबाट जातीय बिभेद तथा छुवाछुत हटाउन सहयोग गरेको भन्दै कलाकारहरु यश कुमार, रीमा विश्वकर्मा र रीमा शाहीलाई सम्मानित समेत गरिएको दलित अधिकार मञ्च रुपन्देहीका अध्यक्ष हरिओम बिश्वकर्माले बताए ।