logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट (पूर्ण पाठ सहित)


    १६ जेष्ठ २०७३ , आइतबार

    १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट (पूर्ण पाठ सहित)

     

    जेष्ठ , २०७३( सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    bishnu-poudel

    व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस गरेका हुन् ।
    नयाँ संविधानमा गरिएको व्यवस्था जेठ(१५ मा बजेट पेस भएको हो । नयाँ संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब ११ ९४ करोड ६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।
    कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने अर्थमन्त्री पौडेलले बताए । बाँकी रकम आन्तरिक ऋण र चालु आवको नगद मौज्दातबाट व्यवस्थापन गरिने उनले जनाए ।

    अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको बताएका छन् ।

    बिस्तृतमा पढ्नुहोस् बजेटः

    बजेटका विशेषताहरुः

    कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
    आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
    सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
    आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
    निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो ।
    संसदीय विकास कोषको बजेट ५० लाख ।
    पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
    रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
    पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
    शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
    प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
    पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
    पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
    तराईका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
    थप विशेषता

    आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
    क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
    अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
    कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
    बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
    काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
    गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
    नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
    २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
    सबै नेपालीको बैंक खाता ।
    तीन वर्ष्भित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
    एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
    आगामी ५ वर्ष्भित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्‍याइने
    हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.