logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ’पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो’


    १७ जेष्ठ २०७३ , सोमबार

    ’पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो’

     

    एजेन्सी
    इस्लामाबादस् पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन्। उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षता भएको उनको भनाइ छ।
    pak-nuclear-missiles_d60a4a5b-5076-11e5-a8da-005056b4648e
    खनले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन्। पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको १९ औं वार्षिकोत्सवका अवसरमा शनिबार इस्लामाबादमा खानले यस्तो खुलासा गरेका हुन्।

    तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले विरोध गरेपछि उक्त परीक्षण रोकिएको उनले बताएका छन् । पाकिस्तानलाई उपलब्ध गराइँदै आएको अन्तर्रा्ष्ट्रिय सहायता कटौती हुने भन्दै हकले विरोध गरेको उनको कथन छ। त्यतिखेर सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए।

    खानले भने, ‘पाकिस्तानले भारतमा परमाणु परीक्षण गरेमा अन्तर्रा्ष्ट्रिय शक्तिले पाकिस्तानलाई दिने सैन्य सहयोग पनि बन्द हुने भन्दै राष्ट्रपतिले हामीलाई रोक्नु भयो।’ उनले पाकिस्तानले पाँच मिनेटमा काहुतादेखि नयाँदिल्लीलाई निसाना बनाउने बताए । काहुता पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर हो।

    उनले आफूले सहयोग नगरेको भए पाकिस्तान परमाणु शक्ति सम्पन्न पहिलो मुस्लिम राष्ट्र बन्न पनि नसक्ने दाबी गरे । यसरी निकै पहिले नै आफ्नो सक्रियतामा पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न बनाएको उनको दाबी थियो।

    राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा आफूमाथि अन्याय भएको उनले दाबी गरे। परमाणु वैज्ञानिकलाई सम्मान दिइनुको साटो आफूले यातना भोग्नु परेको भन्दै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्। तत्कालीन सेना प्रमुख एवं राष्ट्रपति परवेज मुसर्रफले परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो।

    भारतीय वैज्ञानिकद्वारा खण्डन

    नयाँदिल्लीस् पाकिस्तानी परमाणुका पिता कादिर खानको भनाइको भारतले खण्डन गरेको छ। भारतसँग पनि त्यस्ता पारमाणविक हतियार भएको त्यसले पाकिस्तानलाई ध्वस्त बनाउन सक्ने भारतीय रणनीतिक विशेषज्ञहरूको भनाइ छ।

    भारतले यस्ता हतियार युद्धका लागि नभई प्रतिरोधका लागि मात्र प्रयोग गर्ने उनीहरूको भनाइ छ।विवेकानन्द इन्टरनेसनल फाउन्डेसनका निर्देशक पूर्व सेनाप्रमुख जनरल एनसी विजले भने, ‘खानको भनाइ निकै अपरिपक्व छ।

    भारतले यस्ता केटौली पाराका कुरा गर्दैन।’ उनले सस्तो प्रचारका लागि खानले यस्ता कुरा गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.