logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    औपचारिकतामै सीमित रह्यो गणतन्त्र दिवस


    १७ जेष्ठ २०७३ , सोमबार

    औपचारिकतामै सीमित रह्यो गणतन्त्र दिवस
    gjf}F u0ftGq lbj; u0ftGq lbj;sf cj;/df ;}lgs d~r 6'Fl8v]ndf zlgaf/ cfof]hgf ePsf] ljz]if ;df/f]xdf g]kfnL ;]gf, g]kfn k|x/L, ;z:q k|x/L an, pkTosfsf lhlj;, gu/kflnsf, v]ns'b kl/ifbsf v]nf8L, :yfgLon] dfr{kf;, g[To, sjfh Jof08, ljljw ;f+:s[lts k|:t'lt / emfFsL k|bz{g ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

    लुम्बिनीखबर
    भैरहवा, १५ जेठ । जेठ १५ मुलुकमा गणतन्त्र घोषणा भएको दिन । नेपाल र नेपालीकोलागी अत्यन्त महत्वपुर्ण ऐतिहासीक यो दिन औपचारिकतामै सीमित भएको छ ।

    जनआन्दोलन २०६२। ६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।
    जनआन्दोलन २०६२। ६३ मा मात्रै तीस जना भन्दा बढीको सहादत, हजारौ अंगभंग भई ल्याएको गणतन्त्रकोलागी ००७ सालदेखीका आन्दोलन र संघर्षको दौडान हजारौंले बलिदानी दिएका छन् ।
    हजारौं शहिदहरुको रगतबाट साटिएर आएको गणतन्त्र दिवसको अवसरमा सरकारले झारा टार्ने मात्रै काम गरेको छ । दल एवं दल निकट भातृसंगठन, विभिन्न संघसंस्था एवं निकायले पनि यो दिवसलाई औपाचारीक विसौनी मात्रै बनाएका छन् । राष्ट्रपतिले केही कैदीलाई सजाय माफी गर्दै कैद मुक्त गरिएको छ । सरकारले यसै दिनको अवसर पारेर आर्थिक वर्ष ०७३।०७४ को बजेट ल्याएको छ ।
    तर पनि गणतन्त्र दिवसको अवसरमा जनतामा उत्साह छैन । त्यति ठूलो बलिदानी र संघर्षबाट आएको गणतन्त्र दिवसमा आम जनताको उत्साह र उमंग नहुनुमा राजनितीक खिचातानी भएको बुझिएको छ । जनतालाई राणाकाल, शाहकाल, पन्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आएता पनि जनताको जीवनस्तर जहांको त्यहिं भएपछि जनतामा गणतन्त्र दिवसले खासै ल्याउन नसकेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.