लुम्बिनीखबर
भैरहवा, जेठ १५ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालको क्षेत्रीय प्रशिक्षण केन्द्र भैरहवामा स्नेहमिलन कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रको उक्त कार्यक्रममा संस्थाका संरक्षक देखी सबै तहका पदाधिकारीहरुको उपस्थिती रहेको भुपेन्द्र अधिकारीले जनाएका छन् । सोही अवसरमा वार्षिक मिटिङ्ग समेत सम्पन्न भएको थियो । उक्त बैठक एवं राष्ट्रिय भेलामा संस्थाका संरक्षक राजयोगिनी सुरेन्द्र दिदी, निर्देशक राजयोगीनी परनीता दिदी, उपाध्यक्ष द्वय ब्रह्माकुमारी कमला दिदी, ब्रह्माकुमारी दुर्गा दिदी, महासचिव ब्रह्माकुमार शैलेसराज बराल, सल्लाहकार ब्रह्माकुमार दिपेन्द्र अधिकारी, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ति दिदी, सचिव तथा कार्यक्रम संयोजक ब्रह्माकुमार भूपेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । भेलामा देशभरका करिब २ सय प्रतिनिधिहरुको सहभागितारहेको छ ।