लुम्बिनीखबर
भैरहवा, १८ बैशाख ।
लागु औषध दुव्र्यसनी तथा महिला हिंसा विरुद्ध जनसहभागिता विषयक अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजना तथा सर्च फर कमन ग्राउण्ड र युकेएआइडीको संयोजनमा एकदिवसीय उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले टोल–टोलमा जनताका बीच जनचेतना जगाउन जरुरी रहेको बताए । शर्माले लागूऔषध प्रयोगकर्ता र ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनेको रुपन्देहीमा लागूऔषध नियन्त्रणको लागि विशेष योजनाका साथ प्रहरीले कार्यक्रम अगाडि बढाउने जनाए ।
उक्त अन्तरक्रिया बोल्ने सहभागीहरुले लागू औषध निमूर्ल पार्न सबैले आ–आफ्नो ठाउ“बाट सहयोग गर्नु पर्ने बताएका थिए । अन्तरक्रियामा प्रहरी निरीक्षक धर्मराज भण्डारीले रुपन्देहीमा महिला हिंसाको अवस्था, प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले लागू पदार्थ दुव्र्यसन नियन्त्रण र समाजसेवी दिलिप भट्टराईले लागू पदार्थ दुव्र्यसन तथा महिला हिंसा विरुद्धमा जनसहभागिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
सर्च फर कमन ग्राउण्डका जेवन्त वाग्लेको सभापतित्व, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहायक प्रजिअ मुनका न्यौपाने, अंचल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख शेरबहादुर बस्नेत, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नं. २ ग्यारिजन गण भैरहवाका प्रमुख सेनानी सिताराम रिजाल, समाजसेवी दिलिप भट्टराई, सिउवा संघका अध्यक्ष रामकुमार शर्मा, महिला विकास कार्यालय रुपन्देहीकी प्रमुख उषा रावल, जिल्ला प्रहरी कार्यालयका प्रमुख बुद्धिराज गुरुङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका उप अनुसन्धान निर्देशक ठाकुरचन्द्र केसी, जिल्ला बाल अधिकृत राज्यलक्ष्मी गुप्ता, उद्योगपति ऋषिकेश अग्रवाल, विदुर ढुंगाना, सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारु मगर, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोपबहादुर रायमाझी, सिद्र्धाथ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी, विभिन्न विद्यालयहरुका प्राचार्यहरु, विभिन्न सुधार गृहका अध्यक्षहरु, विभिन्न उद्योग संचालकहरु, सामुदायिक सेवाकेन्द्रका अध्यक्षहरु, विभिन्न क्लबहरुका अध्यक्षहरु लगायत रुपन्देहीमा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रम लुम्बिनी अंचलका प्रहरी प्रमुख शेरबहादुर बस्नेतको स्वागत तथा अमेरिकन कर्नर भैरहवाकी सूचना प्रमुख दिपिका गिरीको संचालनमा सम्पन्न भएको थियो ।
शनिबार बिहानै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले रुपन्देहीका खेलाडी र खेल सम्बद्ध संघ संस्थासँग अन्र्तक्रिया गरेका थिए । उक्त अवसरमा खेलाडी तथा खेल सम्बद्ध प्रतिनिधिले खेलाडीहरुको सामाजिक सुरक्षाको लागि नेपाल प्रहरीले अफिसियल रुपमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।