logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मानवीयताको पाठ साउदीका अस्पतालबाट सिक्ने कि?


    २० बैशाख २०७३ , सोमबार

    मानवीयताको पाठ साउदीका अस्पतालबाट सिक्ने कि?
    वैशाख २०  –   हुम सुनारी मगर
    –sam bdr(1)गएको शुक्रबार साउदीको जर्मन अस्पतालमा समबहादुर मगर दुई महिनादेखि अलपत्र भन्ने शिर्षक रहेको समाचार पढेँ । साउदी जर्मन अस्पताल म बसेको ठाउँदेखि झन्डै १५–२० किलोमिटर टाढा पर्छ । केही कारणबस शुक्रबार नै सो अस्पताल जान सकिनँ । हिजो शनिबार अफिस सकाएर अस्पताल गएँ ।साउदी जर्मन अस्पतालको रिसिप्सनदेखि सोधपुछ गर्दै समबहादुर मगरलाई राखिएको आइसियुमा पुगेँ । उनलाई आइसियु –०६ मा रखिएको रहेछ। समबहादुर अचेत अवस्थामा थिए । उनलाई ३–४ पटक बोलाएँ। तर, कुनै रेस्पोन्स दिन सकेनन्, उनले । समबहादुर २१ मार्चदेखि नै कोमामा रहेछन । उनको उपचारमा अस्पतालले कुनै कमि नगरेको मैले भेटाएँ ।

    समबहादुरलाई पटक–पटक बोलाउदा पनि उनि नबोले पछि नजिकै बसेको एक जना नर्ससँग उनको बारेमा सोधपुछ गरेँ। नर्सले समबहादुरलाई उपचार गर्ने डाक्टरसँग मात्र थप जानकारी लिन सकिन्छ भन्ने जवाफ दियो । उनको उपचारको लागि डा। मोहमद आदेल यिहिया खटेका रहेछन् ।

    डा। मोहमदसँग भेट भयो उनको कार्यकक्षमा । समबहादुरबारे सबै जानकारी प्राप्त भयो । समबहादुर गत २१ मार्चको राती १० बजेर २२ मिनेटमा अस्पताल भर्ना भएको देखियो । समबहादुरको दिमागमा गम्भीर असर परेको देखिन्छ । खोइ, के कारणले समबहादुरको दिमागमा गम्भीर चोट पर्यो, त्यस बारे वास्तविक बताउने मान्छे कोहि नभएकोले उनको दुर्घटनाको कारण यहाँ प्रष्ट्याउन सकिएन । यद्धपि, उनी शौचालयमा लडेर दुर्घटना भएको भन्ने समाचारमा मात्र सुनेँ ।hum-pp-6

    उपचारमा संलग्न चिकित्सक पनि दुर्घटनाबारे अनविज्ञ रहेछन । समाचारमा बाहिर आए जस्तो नै हो भन्न सकिएन । कारण दुर्घटना कसरी घटेको थियो र कसले अस्पताल पुर्याएको थियो भन्ने जानकारी गराउने व्यक्ति नै पत्ता लगाउन सकिएन ।

    डा। मोहमदका अनुसार समबहादुरको तीन पटक सर्जरी गरिसकिएको छ । समबहादुरको घटना हुँदा दिमागमा गम्भीर असर परेकोले उनको होस कहिले आउने ठेगान नभएको उनले बताए ।

    उनको उपचारको लागि भर्ना गरिएको दिनदेखि ३० अप्रिलसम्मको जम्मा खर्च २ लाख ७३ हजार ५ साउदी रियाल अथवा ७९ लाख नेपाली रुपैयाँ भन्दा बढी बिल देखिएको छ ।

    समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा। मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् ।
    hum-pp-6
    समबहादुरको उपचार खर्च कसले बेहोरिरहेको छ भनेर मैले डा। मोहमदलाई सोधेँ । उनले यसबारे धेरै खुल्न चाहेनन् । अस्पतालको एडमिशन शाखामा गएर बुझ्नु भने । उनको सुझाव अनुसार अस्पतालको एडमिशन शाखामा गएँ । समबहादुरको दर्ता न। ३ ३८४२४९ रहेछ । एडमिशन शाखाको एक कर्मचारीले उनको फाइल हेरे । हिजोको दिनसम्म सबै उपचार खर्च उधारोमा गरिएको रहेछ ।

    समबहादुरले काम गर्ने कम्पनीले उनको लागि अल–इतिहाद बीमा कम्पनी ९रियाद० मा स्वास्थ्य बीमा गरेको देखियो । तर, सो बीमा कम्पनी अहिले इनएक्टिव अथवा निस्कृय रहेको देखिन्छ । सो बीमा कम्पनी टाट पल्टिएको हुनसक्छ भन्ने अस्पतालको बुझाई छ । तर, अस्पतालले उपचार खर्च बापत एक पैसा पनि प्राप्त नगर्दा पनि समबहादुरको उपचारमा कुनै कमि नगर्दा मानवीयता सो अस्पताल र उपचारमा संलग्न डा। मोहमदमा रहेछ, भन्ने बुझियो ।

    समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा। मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् ।

    त्यो कागज देखेर म चकित परेँ । समबहादुरको लागि यति धेरै खर्चको जिम्मेवारी डा। मोहमदले किन लिए रु पुनः डा। मोहमदलाई भेट्न चाहेँ । मैले उनलाई धन्यवाद दिए ँ। उनले मेरो आसय बुझेछन् क्यारे । समबहादुरले काम गर्ने कम्पनीलाई भनेर बीमा कम्पनीलाई यो सबै जानकारी गराउनुस् भनि मलाई आग्रह गरेँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.