
वर्तमान अवस्थामा नेपालको राजनीति अत्यन्त सरल अवस्थाबाट गुज्रिरहेको आम नागरिकहरुले महशुस गर्दागर्दै यसलाई सरल रेखामा ल्याउन वर्तमान गठबन्धन सरकारले जे जस्तो पहल ग¥यो र त्यसमा कामरेड पुष्पकमल दाहालले भूमिका कस्तो रह्यो ? यसैको विश्लेषणमा नागरिकहरु रनभुल्लमा छन् ।
रनभुल्लमा यसकारणले छन् किन गठबन्ध्न तोडर प्रधानमन्त्रीको कुर्सी उनका लागि महत्वपूर्ण बन्यो । यति मात्र होइन नाकाबन्दी खुलेर पनि आम नागरिकहरु दुःख पाइरहँदा गठबन्धन सरकार मस्तसँग बसिरह्यो कुर्सीमा किन नबसोस् ? निर्वाचन मार्फत हामीले नै हाम्रो खातिर पठाएका हौँ र हामीलाई नै उनीहरुले विश्वासघात गरे (भूकम्प, महँगी, लोडसेडिङ आदि ) । अब हामी (जनता) सँग विकल्प छैन, अर्को निर्वाचनसम्म हाम्रो होस खुलेन भनेँ हाम्रो भूगोलको अवस्था चेकोस्लोभाकिया हुन बेर छैन । अर्थात नेपाल के हुन्छ ? भविष्यको गर्भमा हुनेछ ।
उत्ताउला भाषण, उत्ताउला अभिव्यक्तिले मुलुक (देश) लामो समय बाँच्न सक्तैन, झन् उग्रराष्ट्रवादले त देशलाई रसातलमा नै पु¥याउँछ । उग्र राष्ट्रियता, भूगोल भन्दा पनि जनता नै हुन्, जनताको दुःख सुखमा साथ दिने सरकार संसारमा कहीँ कतै नेस्तानावूँद भएकै छैन ।
सिक्किमको वास्तविकता यहाँका नेताहरुले बुझेकै छैनन्, म उनीहरुलाई सिक्किमको सम्पूर्ण ईतिहास अध्ययन गर्न सम्म अनुरोध गर्दछु ।
गिरिजाप्रसाद कोइरालाले आफ््नो साँचो पुष्पकमल दाहाललाई बुझाएकै हुन्, तर उनले यो ऐतिहासिक अवसरको मह्त्व बुझ्ने कोशिस गरेनन् वा उनका केही बाध्यता होलान् तर यसबारे आम नागरिकलाई के थाहा ?
सबैलाई थाहा छ नेपाली राजनीतिको केन्द्रविन्दुमा पुष्पकमल दाहाल नै हुन्, छन् भविष्यमा हुन्छन् हुन्नन् त्यो उनकै आगामी कदमहरुले देखाउनेछ । तर वर्तमान अवस्थाको हर्कतले उनको साख गिरेको छ । गठबन्धनको तोड्नुु उनको अपराध हो र फेरी सम्झौता गरेर सत्तामा बस्नु उनको महाअपराध हो ।
आज सर्वत्र आवाज सुनिन्छ, “नेपाली राजनीतिमा दिल्लीको हस्क्षेप छ ।” आर्यात भारत नेपालको हित चाहन्न, अस्थिरता कायम गर्न खोज्दछ, यो वा उ पार्टीहरुलाई उकासेर ? कति नादान, बेहुदा तर्क छ हाम्रा नेताहरुको ?
आफ्नु संधियार (सीमा जोडिएको) सँधै आफू–आफू झगडा गरेर निंद हराम गरे तपाई के गर्नुहुन्छ ? यसको जवाफ खोजेका छन् नेपाली जनताहरुले ?एमाओवादीका अध्यक्ष प्रचण्ड एमाले नेतृत्वको सरकार त्यागेर कांग्रेसलाई सघाउने र आफु प्रधानमन्त्री बन्ने, अनि फेरी एमालेमै फिर्ता हुने वा सरकार नगिराउने, एउटा मदारीको खेल भन्दा पनि बचकाना निर्णय हो यो ।
नेकपा एमालेको सरकारले राम्रो काम गरेको भए अरु पार्टीलाई त्यसलाई भत्काउन, गिराउन, छाड्न दश पल्ट सोच्नुपर्ने थियो । वर्तमान सरकारले के ग¥यो ? भूकम्प पीडित, तेल अभाव, कालोबजारी, महँगी आदि इत्यादिमा बिल्कुल ध्यान दिएन, उसको एकमात्र अर्जुनदृष्टि राष्ट्रियताको अलापलाई आम नागरिकको दिलमा बसाउनु मात्र रह्यो । यसमा सबै नेपालीहरुले पुरै सहयोग गरे, यहाँसम्म की कहीँ कहीँ त (काठमाण्डौ) भारत निर्मित सामान प्रयोग नगर्ने सम्म पनि देखियो । खोक्रो राष्ट्रियताको नाराले मुलुकलाई कहाँ पु¥याउँछ ? यसबारे हामी सचेत छैनौँ । हिटलरले आफु जेलमा रहँदा मजदुर देशबारे पुस्तक लेखे हिन्दी अनुवाद छ, “मेरा जीवन संग्राम ।”त्यो पुस्तक पढेपछि जर्मन नागरिकमा राष्ट्रियताको जुन शक्ति संचार भयो, त्यसले हिटलरलाई उचाईमा लगेकै हो । राष्ट्रियताको उग्रतामा २१ सौँ शताब्दीमा देश बाँच्न सक्दैन, बाँचे पनि अधमरो हुन्छ ।
दक्षिणतिर सँधै धारे हात लगाएर देश बाँच्नै सक्तैन । अपनत्व, भाइचारा, समान व्यवहार, सद्भाव, सामाजिक, राजनैतिक आधारलाई उचाइमा लानैपर्दछ, त्यसका लागि गहन कुटनैतिक पहल हुनुपर्दछ ।
नेपाली कांग्रेसलाई भारत परस्त भनेर आरोप महेन्द्रकाल देखि नै शुरु भएको हो । ‘अराष्ट्रिय तत्व’ भनेर करीब तीस वर्ष नेपाली कांग्रेस सो बिल्ला भिरिरह्यो । उ भारत परस्त हो वा होइन ? अराष्ट्रिय तत्व हो वा होइन ? भन्नेबारे निधीखोजी नै गरेन, किनकी नेपाली जनता र भारतीय जनता जहिले पनि एक अर्काका सहयोगी हुन्, छन् र रहनेछन् । तर सत्ताशीनहरुको सरकारमा बस्नेहरुको सम्बन्ध र जनस्तरको सम्बन्ध छुट्टाछुट्टै कुरा हुन् । वर्तमान अवस्थाको यथार्थ चित्र पनि यही हो ।
नेपाली कांग्रेस इतिहासको कालखण्डमा विलुप्त होला कि ? भन्ने त्रास आम कांग्रेस समर्थकहरुको रहेको भान हुन्छ । इतिहास सँधै एउटाकै पछि लागेर अन्त्य हुँदैन । सत्ता प्राप्तिका लागि क. प्रचण्डलाई सत्ता साँचो सुम्पिने उसको निर्णय अत्यन्त बचकाना देखियो । यसले कांग्रेसको साखलाई गिराइदिएको छ । के हतार थियो कांग्रेसको ? किन यति धेरै उधर्यता ? वर्तमान एमाले सरकारले नराम्रो काम ग¥यो भने प्रमुख विपक्षी दलको के भूमिका हुन्छ ? सत्ता प्राप्तिका लागि नै हो राजनीति गरिने तर त्यसका केही विधि, मान्यता छन् ? सरकार ढाल्ने जुन कसरत ग¥यो र जुन पात्र रोज्यो त्यो अचानक ऐतिहासिक भूल थियो ।
सत्ता ढाल्न तयार एमाओवादी एकाएक यू टर्न भयो, फेरी धारे हात दक्षिणतर्फ नै फर्कियो । मुलुकमा यस्तो अवस्था सृजना गर्न नेपाली कांग्रेस, एमाले, एमाओवादी नै जिम्मेवार छन् । एकपल्ट मुलुक निर्माणलाई मिलेर अगाडि बढाउन, दक्षिण फर्कनै पर्दैन । धारे हात लगाउँदै ।