logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    तिनाउ बिकास नया भवनमा


    ५ जेष्ठ २०७३ , बुधबार

    तिनाउ बिकास नया भवनमा

    भैरहवा,जेठ ५ । यसक्षेत्रमा बंैकिङ्क कारोवार मार्फत जनताको सेवामा सर्मपित रहदै आएको  तिनाउ विकास वैक कोटिहवा शाखा बुधवार नया भवनमा सरेको छ ।

    IMG_0271
    कोटिहवा चोक वाट पश्चिम तर्फ रहेको वैकको उक्त शाखा  अव चोकको पुर्व तर्फ नया भवनमा  सरेको हो ।
    नेपाल राष्ट्र बैक का कार्यकारी निर्देशक शिबनाथ पाण्डेले नया भवनमा सरेको शाखाको उदघाटन एक कार्यक्रम विच गरेका छन् ।
    शाखाको उदघाटन गर्दै उनले,“अब बैंकहरु शहर केन्द्रित नभई ग्रामिण क्षेत्रमा समेत आफ्नो कारोवार वढाउनु पर्ने भन्दै सहजरुपमा आम सर्वसाधरणलाई सेवा दिन अनुरोध गरेका थिए । ”
    उदघाटन कार्यक्रममा  तिनाउ बिकास बैंकका सञ्चालक समिती अध्यक्ष राजेन्द्र प्रसाद ओझाले, “तिनाउ विकास बैंक शहर केन्द्रित नभई गाउ केन्द्रित  रहेर आफ्नो सेवा प्रदान गरिरहेको जनाएका थिए । उनले तिनाउ विकास वैंक जनताको आवस्यकता अनुसार अगाडी वढने जानाकारी दिदै उपस्थित आमसर्वसाधरण लाई ढुक्क भएर कारोवार गर्न अनुरोध गरेका थिए ।
    वुटवलमा केन्द्रिय कार्यालय रहेको यो वैंकले विगत एक दशक देखी आफ्नो कारोवार गर्दै आएको छ । चालु वर्षमा करिव ३ अर्व निक्षेप संकलन र २ अर्व ४० करोड कर्जा प्रवाह गरेको यस वैंकका ५० हजार भन्दा ग्राहक रहेका छन् ।

    IMG_4347(1)
    ११ वटा शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको यो वैंक नेपाल राष्ट्र वैंकको ख वर्गमा इजाजत प्राप्त हो । बैंकको रुपन्देही,नवलपरासी र चितवनमा आफ्ना शाखा कार्यालयहरु रहेका छन् । यसमा सय वढि कर्मचारीले समेत रोजगार पाएका छन् ।

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख रेवती प्रसाद नेपाल, उद्योग ब्यापार संघ तिलोत्तमा शाखाका अध्यक्ष दिपक गैरे, तिलोत्तमा ब्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, बैंक सञ्चालक समिती सदस्य जिवन प्रसाद ओझा लगाएतका अथितिहरुले उद्घाटनमा कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।
    तिनाउ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.