logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मनिषाको मृत्यु रहस्यबारे सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने


    १९ जेष्ठ २०७३ , बुधबार

    मनिषाको मृत्यु रहस्यबारे सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने

     

    काठमाडौं       फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको रहस्यमय मृत्युबारे अनुसन्धान गरिरहेको प्रहरीले सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
    manisa
    मनिषाका प्रेमी रुद्रप्रसाद चौधरी आशिषको आज पाँच घन्टा लगाएर पोलिग्राफ टेस्ट गरेपछि प्रहरीले प्रतिवेदन सार्वजनिकको तयारी गरेको हो। पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्टमा जुटेको थियो।   झुटो बोलेको हो कि होइन भनेर पत्ता लगाउने प्रविधि नै पोलिग्राफ टेस्ट हो।

    ‘पोलिग्राफ टेस्टलगायत सम्पूर्ण प्रतिवेदन पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरिनेछ,’ नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले  भने।

    गएको बिहीबार बिहान मनिषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको शुक्रबार अन्त्येष्टि गरिसकिएको छ।

    प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।

    मनिषाको काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइए पनि प्रहरीले यसबारे विवरण सार्वजनिक गरिसकेको छैन।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.