logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    असहाय महिलाको सहारा बन्दै नमुना कोसेली घर


    २१ जेष्ठ २०७३ , शुक्रबार

    असहाय महिलाको सहारा बन्दै नमुना कोसेली घर

    कमल रायमाझी
    भैरहवा, जेठ  २१ ।
    सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहेको नमुना एकीकृत विकास परिषद्ले गौतम बुद्ध विमानस्थलको हाताभित्र शुक्रबारदेखि नमुना कोसेली घर संचालनमा ल्याएको छ ।

    IMG_5653
    “सामाजिक तथा आर्थिक रुपान्तरणमा महिलाको सहभागिता” भन्ने मुख्य उद्देश्यका साथ यो कोसेली घर संचालनमा आएको हो ।
    संस्थामा आबद्ध महिलाहरुको समूहले उत्पादन गरेका हस्तनिर्मित सामानहरु कोसेली घर मार्फत बिक्री वितरण गरिने उद्देश्य रहेको  छ ।

    स्थानीय महिलाहरुले उत्पादन गरेका गाउँले सामानहरु बजारसम्म पु¥याउनका लागि कोसेली घर स्थापना गरिएको संस्थाकी अध्यक्ष ज्ञानु पौडेलले बताईन् ।
    IMG_5640
    संस्थाले सामाजिक क्षेत्रमा अपाङ्ग, असहाय, द्वन्द्वपीडित, एकल महिलाहरुलाई उद्यमशीलता बनाउने उद्देश्यले विभिन्न तालिम तथा हस्तनिर्मित सामग्री उत्पादनका लागि प्राविधिक तथा आर्थिक रुपमा सहयोग उपलब्ध गराएको छ ।
    प्राविधिक तथा आर्थिक सहयोगबाट उत्पादित सामानहरुले बजार पाउन नसकेपछि नमुना एकीकृत विकास परिषद्ले आफैले महिलाबाट उत्पादित हस्तकलाका सामानहरु बजारसम्म पु¥याउनका लागि समेत नमुना कोसेली घरको स्थापना गरेको हो ।

    IMG_5678
    शुक्रबार कोसेली घरको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले एकल, असहाय तथा द्वन्द्वपीडित महिलाका लागि नमुना कोसेली घरले पु¥याउने सहयोग उनीहरुका लागि महत्वपूर्ण हुने बताए ।
    महिला बालबालिका कार्यालय प्रमुख उषा रावलले नेपाली महिलाहरु आत्मनिर्भर र उद्यमी बन्नको लागि नमुना कोसेली घर एउटा उदाहरण रहेको भन्दै उद्यमशीलतामा महिलाहरु अगाडि बढ्न आवश्यक रहेको बताईन् ।

    IMG_5671
    नमुना कोसेली घरमा अहिले ढकियाका विभिन्न प्रकारका सामानहरु, महिला सिंगार बाकस, पेन होल्डर, खुत्रुके, फलफूल ट्रे, ढाकाका सामानहरु, बुटीक तथा बुद्धसँग सम्बन्धित टिसर्ट, कुशबाट निर्मित चकटी, पोते उपलब्ध रहेको संस्थाका संचालक दिनेश पौडेलले बताए ।

    IMG_5661
    नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी अञ्चलका प्रहरी प्रमुख शेर बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायक निरीक्षक रामेश्वर कार्की, २ नम्बर ग्यारिजन गणका कर्णेल सिताराम रिजाल, शसस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक गणेश संग्रौला, एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक विजय विक्रम राणा लगायतको उपस्थिति रहेको थियो ।
    माईती नेपाल रुपन्देही प्रमुख प्रभा खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.